महानगरको मेयरको नाम मात्र विद्यासुन्दर, आफ्नै घर अगाडी हिलोको थुप्रो, हिलोले डुब्ने भो जनताको झुप्रो



हाम्रो इकोनोमि

देशको पुरानो बजार र राजधानीको मुटु मानिने असन बजार वर्षा लागेसँगै हिलाम्मे हुने गरेको छ ।

पानी पर्दा ढल भरिने असनको पुरानै समस्या हो । अहिले नयाँ समस्या थपिएको छ, हिलो ।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको घर समेत असनको लगनमा रहेको छ ।

काठमाडौं महानगरपालिकाको विकास गर्ने भन्दै जीत हातपारेका मेयर शाक्यले महानगरमा केही नगरेको आरोप लागिहेको बेला उनको दैलो असनको अवस्था हेर्दा महानगरपालिका र समग्र देशको अवस्थाको चित्रण हुन्छ ।

मेलम्ची खानेपानीको आयोजनाले पाइप विछ्याउन खनेको पाइपलाईन नपुर्दा पानी पर्नासाथ असन असारे खेत जस्तै बनेको छ ।

भोटाहिटी चोक देखि नरदेखिसम्मको बाटो अहिले अस्तव्यस्त छ, हिलो कारणले गर्दा आवसजात गर्न समस्या परेको बताउँछन् स्थानीय ।

हिलोले गर्दा हिड्नै नसक्ने अवस्था आएका छ, महानगरको मुटुको यस्तो अवस्था भएपनि कोही बनाउन आउँदैनन् सवै भत्काउन मात्रै आउँछन्’ स्थानीय व्यापारी श्यामकाजी श्रेष्ठ आक्रोशित हुँदै भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...