यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट, ३० जना यात्रु सहित चालक दल सकुशल



हाम्रो इकोनोमि

काठमाण्डौबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको एजयू ६८१ कलसाईनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनावाट जोगिएको छ।

आईतवार दिउसो २:४५ बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको थियो।

पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार अनुसार जहाजमा यात्रा गर्ने सवै यात्रु सकुशल छन्।

विमानले रनवेलाई डिष्ट्रव नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले बताए।

यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन।

काठमाण्डौबाट इन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...