चित्रबहादुर केसीले हाने यस्तो बाँण,नयाँ पार्टी नेकपा बने पनि भागबन्डा मिलेको छैन



० केपी ओली नेतृत्वको सरकारले ३ महिना पूरा गरेको छ । यो सरकारको कसरी समीक्षा गर्नुहुन्छ ? 
–केपी शर्मा ओली नेतृत्वको सरकारले ३ महिना पूरा गरेलगत्तै यसका काम–कारबाहीमाथि समीक्षा शुरु भएको छ । तर, म अहिले नै यो सरकारबारे समीक्षा गर्ने पक्षमा छैन । ३ महिना आफैंमा छोटो अवधि हो । यही अवधिलाई तौलेर सरकारबारे धारणा बनाउनु अलि हतारो होला कि !

 ० भनिन्छ, बिहानले दिनको संकेत गर्छ । ३ महिनालाई हेरेर केही अनुमान गर्न सकिन्न ? 
–सरकार आफ्नो गतिमा अघि बढिरहेको छ, भनेर प्रधानमन्त्री केपी शर्मा ओली तथा यसका मन्त्रीहरूले भनिरहनु भएको छ । त्यसैले यो सरकारबाट परिणाम आउने गरी काम हुनेछन् भनेर अहिलेलाई आशावादी हुन सकिन्छ ।

तर सरकारले अहिलेसम्म देखिने गरी गरेको राम्रो काम भनेको यातायात सिन्डिकेटको अन्त्य नै हो । यातायात सिन्डिकेटबाट आजित भएका जनतालाई यो सरकारले केही हदसम्म भए पनि राहत दिएको छ । यो सरकारको उल्लेखनीय कर्म हो, पछिल्लो तीन महिनाको । त्यसबाहेक मैले यो सरकारको अन्य प्रशंसनीय काम देखेको छैन ।

 

० विगतमा सरकारहरूमाथि विदेशीको इशारामा नाचेको आरोप लाग्ने गरेको थियो । राष्ट्रवादी अडानसहित अघि बढेको ओली सरकारले पनि कतै त्यस्तो नियति झेल्ने पो हो कि भन्ने कतिपयमा संशय देखिन्छ । तपाईं चाहिं यस्तो खतरा देख्नुहुन्छ कि देख्नुहुन्न ? 
–ओली नेतृत्वको सरकार इतिहासकै शक्तिशाली सरकार हो । यति बलियो सरकार यसअघि कहिल्यै पनि बनेको थिएन । यसले चाह्यो भने कायापलट गर्न सक्छ । विकासको मूल फुटाउन सक्छ ।

 

० तपाई, केपी ओली सरकारले विकासको मूल फुटाउने कुरामा विश्वस्त हुनुहुन्छ ? 
–विदेशीले विगतमा कमजोर सरकारकै फाइदा उठाउँदै हस्तक्षेप गर्ने गरेका थिए । आफ्ना स्वार्थ लाद्ने गरेका थिए । तर अहिले विगतमा जस्तो विदेशीको हेपाइमा पर्नुपर्ने अवस्था छैन । सरकारमा इच्छा शक्ति हुने हो भने धेरै गर्न सक्छ । विगतमा देखिएका सबै विकृति हल गरेर देशलाई गति दिने ल्याकत यो सरकारसंग छ ।

 

० तपाई, केपी ओली सरकारको तीन महिनामा गलत काम केही पनि भएका छैनन् हो ? 
–पछिल्ला दिनमा ओली सरकार राष्ट्रियताको मुद्दामा पहिलेजस्तो देखिएको छैन । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा इन्डिनहरूको हो, त्यसमा पनि सरकार सामेल भएको छ । अरुण तेस्रोमा पनि सरकार चुकेको छ । यस्ता गलत कामबाट जोगिंदै सरकार अघि बढ्यो भने यसले देशको भलाई गर्न सक्छ, होइन भने यसबाट पनि खासै लाभ मिल्दैन ।

 

० तपाईलाई के लाग्छ, अब ओली सरकार खतरा मुक्त छ हो ? 
–विगतमा भारतीयहरूले दल तथा सत्तापक्षलाई प्रलोभनमा पार्ने गरेका थिए । प्रलोभनमा नपरेमा फुटाउने उनीहरूको पुरानै रणनीति हो । अहिले पनि भारतसंगै युरोपियन देशहरू सक्रिय नै देखिएका छन् । यसबाट प्रधानमन्त्री र मन्त्रीहरू कसरी जोगिएर काम गर्छन्, त्यसमा नै यो सरकारको सफलता र विफलता निर्भर हुनेछ ।

 

० अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा तपाईंले उपप्रधानमन्त्री भएर साथ दिनु भएको थियो । योपटक ओलीलाई के सुझाव दिन चाहनु हुन्छ ? 
–गणतन्त्रमा हामी गएका त छौं तर संस्थागत हुन सकेका छैनौ । सरकारको पहिलो प्राथमिकता यसलाई संस्थागत गर्नेतर्फ हुनुपर्छ । हिन्दू राष्ट्र बनाउन देशी विदेशी तत्वहरू सक्रिय भइरहेका छन् । यसलाई रोक्न पनि सरकारले कुनै कसर बाँकी राख्न हुँदैन ।
मैले अघि नै भनें यो सरकार अहिलेसम्मकै शक्तिशाली छ । यसले चाह्यो भने देश र जनताका लागि धेरै काम गर्न सक्छ । देशको सर्वांगिङ विकास गर्नतिर सरकार केन्द्रित भएर लागोस् ।

 

० संघीयता खारेज गर्नुपर्ने माग चाहिं अब छाड्नु भएको हो ? 
–केन्द्रलाई दिइएको अधिकार कटौती गरेर स्थानीय तहलाई धेरै अधिकार दिनुपर्छ र संघीय प्रदेश खारेज गर्नुपर्छ । स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाइ भए पुग्छ ।

 

० अब एमाले–माओवादी एकीकृत भएर बनेको पार्टीबारे कुरा गरौं । यो एकतालाई कसरी लिनु भएको छ ? 
–एमाले–माओवादीमा तात्विक भिन्नता नभए पनि यी अलग अस्तित्वमा रहँदै आएका थिए, जुन आवश्यक नै थिएन । ढिलै भए पनि एमाले–माओवादी एक भएका छन्, यो सकारात्मक कुरा हो ।

 

० पार्टी एकता सुदृढ हुनेमा कतिपय विश्वस्त देखिएका छैनन् । यो एकताको भविष्यलाई कसरी हेर्नुभएको छ ? 
–नयाँ पार्टी नेकपा बने पनि भागबन्डा मिलेको छैन । यो पाइएन र ऊ पाइएन भनेर नेता तथा कार्यकर्ता कोकोहोलो गरिरहेका छन् । पार्टीमा झलनाथले नै थाहा नपाउने गरी निर्णय भइरहेका छन् । आफ्नैसंग डराएर किन ओली–प्रचण्डले गोप्यवाद गरिरहेका छन् ? मैले बुझ्न सकेको छैन ।

 

० ओली र प्रचण्डले यसलाई देशमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानकारुपमा अथ्र्याएका छन् । तपाईंलाई लाग्छ कि देशमा एउटै कम्युनिस्ट केन्द्र बन्दैछ ? 
–पूर्वएमाले र माओवादी एकतापछि बनेको नेकपा झारपात हो । झारपातहरू जम्मा भएर कोही पनि  कम्युनिस्ट बन्न सक्दैनन् ।
आधारभूत सिद्धान्त छोडेका सबै प्रकारका पार्टीबीचको एकतालाई कम्युनिस्ट एकता भन्न सकिंदैन । यो एकता कम्युनिस्टहरूको नभएर पूँजीवादीहरूको एकता हो ।

 

० तपाईहरूले त एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको स्वागत गरेको होइन र ? 
–एमाले र माओवादीको एकतालाई धेरैले खिसिट्युरी गरेका छन् । तर विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको विरोध गर्नुको कुनै अर्थ नभएर हामीले स्वागत गरेका हौं ।

 

० भनेपछि यो एकताबाट कम्युनिस्टहरू खुसी हुनुपर्ने अवस्था छैन ? 
–दुई पार्टीको एकता पूँजीबादी प्रणालीको एकता भएकाले यो कम्युनिस्टको पक्षमा छैन ।

साँघु अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्