क्यासिनो अन्नपूर्ण विवादमा, पुराना मजदुर कर्मचारी आन्दोलित



हाम्रो इकोनोमि

होटल अन्नपूर्णले फरक नाममा क्यासिनो सञ्चालन गरेपछि क्यासिनो अन्नामा कार्यरत पुराना मजदुर कर्मचारीहरुले सेवा सुविधा तत्काल उपलब्ध गराउन दबाब दिएका छन् ।

चार बर्ष अगाडि बन्द भएको क्यासिनो भिन्न नाममा अनुमति लिएर सञ्चालनमा आएसँगै पुराना मजदुर कर्मचारी आन्दोलित भएका हुन् । सर्वोच्च अदालतले जेठ १४ गते नयाँ नाममा क्यासिनो खुले पनि पुरानो अन्न्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई काममा फर्काउनु र काम गर्न नचाहने कर्मचारीलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो ।

सोही आदेशलाई आधार बनाउँदै क्यासिनो प्यालेस पुगेका कर्मचारीको माग व्यवस्थापनले नसुनेपछि उनीहरु आक्रोशित बनेका हुन् । क्यासिनो प्यालेस सञ्चालनमा आएको तीन महिना भईसक्दा पनि काममा नर्फकाएपछि कर्मचारीले कानुनी उपचार खोजेका थिए ।

राजश्व नतिरेको भन्दै तात्कालिन सरकारले २०७१ वैशाख ७ गते अन्ना क्यासिनो बन्द गराएको थियो । त्यसपछि क्यासिनो अन्नाका सञ्चालक तप्तबहादुर विष्ट र कल्पदीप राईले राजश्व तिर्नुको सट्टा फरक व्यक्ति सञ्चालक रहने गरि क्यासिनो प्यालेसको नाममा अनुमति लिएर क्यासिनो सञ्चालन गरेको दाबी कर्मचारीले गरेका छन् ।

नयाँ नामलाई आधार बनाई क्यानिसो सञ्चालकहरु कर्मचारीलाई सेवा सुविधा दिनुपर्ने दायित्वबाट पन्छिन खोजेको दाबी उनीहरुले गरेका छन् ।
पर्यटन मन्त्रालयले आर्थिक प्रलोभनमा परि समान प्रकृतिको मल्ल होटललाई क्यासिनो संञ्चमलनमा रोकेर अन्नपूर्णको अन्ना क्यासिनोलाई क्यासिनो प्यालेसको नाममा अनुमति दिएको दावी कर्मचारीले गरेका छन् ।

तात्कालिन पर्यटनमन्त्री जितेन्द्र देवको समयमा होटल अन्नपुर्णलाई क्यासिनो प्यालेस संञ्चालनको अनुमति दिइएको थियो ।

क्यासिनो प्यालेस बिनय तेली शाहले सञ्चालन गरेपनि सर्वोच्च अदालतले होटल व्यवस्थापन पनि जिम्मेवार हुनुपर्ने आदेश गरेको छ । सर्वोच्चको आदेशलाई पालना गर्न क्यासिनो व्यवस्थापनले अटेरी गरेपछि कर्मचारीले विहिबार देखि क्यासिनो अन्नामा धर्ना दिन सुरु गरेका थिए ।

विहिबार धर्ना बसेका उनीहरुलाई दरबारमार्गको प्रहरी निरीक्षकको रोहवरमा पठाई सनिबार वार्तामा बस्न बोलाइएको थियो । तर क्यासिनो व्यवस्थापनले गोप्य स्थानमा लगेर वार्ताको नाममा आफूहरुलाई थुनेर सर्वोच्चको आदेशको गलत व्याख्या गर्दै धम्क्याउने र थर्रकाउने काम गरेको पीडीत कर्मचारीले गुनासो गरेका छन् ।

क्यासिनो अन्नाका पुराना मजदुर कर्मचारीले इच्छुक पुराना कामदारलाई काम दिन, २२ बर्ष काम गरेकालाई श्रम ऐनले तोकेको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन् ।

सोही माग गर्दै  ९ सय २२ जना पुराना मजदुर कर्मचारीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । अहिले अहिले सम्म ७ जनाले आत्महत्या गरिसकेको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...