बिपीका जेठा छोरा प्रकाश भन्छन्, जब बिपी र राजा महेन्द्र सँगै भारत भ्रमणमा निस्के, प्रधानमन्त्री भएकै वेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालको भ्रमण गरे



प्रकाश कोइराला ००७ सालको क्रान्तिका कमान्डर बिपी कोइरालाका जेठा छोरा हुन् । प्रजातन्त्रको पर्याय मानिने कोइराला परिवारमा जन्मिएका उनी राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गए ।

०६१ माघ १९ को कदमपछि बनेको ज्ञानेन्द्र सरकारमा उनी विज्ञान तथा प्रविधिमन्त्री भए । राजाको कदम सही थियो भन्ने कुरामा अझै पनि अडिग रहेका उनी आफूलाई खाँटी कांग्रेस मान्छन् ।

राजसंस्थाको वकालत गर्ने उनी बिपीको पदचाप आफूले पछ्याइरहेको दाबी गर्छन् । उनै प्रकाश पिता बिपीलाई यसरी सम्झन्छन्ः

बुबासँगै विराटगर-पटना ओहोर-दोहोर
मेरो बाल्यकाल सामान्य तरिकाले नै बित्यो । ००७ सालको क्रान्तिताका म त्यस्तै चार–पाँच वर्षको थिएँ । त्यस वेलादेखि नै विराटनगरस्थित हाम्रो निवासमा राजनीतिक वातावरण थियो ।

कारण, हाम्रो सबै परिवारै राजनीतिमा लागेको थियो । बुबा ९बिपी० क्रान्तिमा लागेका कारण ००७ सालअघि हाम्रो परिवार कहिले विराटनगर त कहिले पटना ओहोर–दोहोर गरिरहन्थ्यो ।

यसले गर्दा मेरो शिक्षामा पनि असर प(यो । निर्वासित भएका कारण मैले कक्षा १ देखि ३ सम्म पटनामा पढेँ, त्यसपछि भने विराटनगरमै ।

बुबाको न्यास्रो लागेन
क्रान्ति सफल भएपछि भने विराटगरकै स्कुल आदर्श विद्यालयमा पढ्न थालेँ । त्यो हाम्रै हजुरबुबा (कृष्णप्रसाद)ले स्थापना गर्नुभएकाले स्कुल भएकाले हामीलाई सबैले माया गर्थे ।

शिक्षकहरूले पनि माया र सद्भाव देखाउँथे । क्रान्ति सफल भएपछि बुबा गृहमन्त्री हुनुभयो । काठमाडौं बस्ने भए पनि विराटनगर आइजाइ गर्नुहुन्थ्यो । हामी भने विराटनगर नै बस्थ्यौँ ।

त्यस वेला पनि बुबासँग मेरो खासै भेट हुँदैनथ्यो । तैपनि, मलाई खासै न्यास्रो लाग्दैनथ्यो । कारण, हाम्रो (कोइराला) संयुक्त परिवार थियो । घरमा धेरै सदस्य हुन्थे । माया पाउन आफ्नै बुबा–आमा नै चाहिने अवस्था थिएन ।

प्रधानमन्त्रीको छोरो हुँ भन्ने फिल नै भएन
बुबा जब खुला राजनीतिमा सक्रिय हुनुभयो, त्यस वेला उहाँलाई भेट्न गणेशमानजी, किशुनजी, सुवर्णशमशेरलगायत कांग्रेसका नेता आइरहन्थे । बुबा प्रायः काठमाडौं नै बस्ने भएकाले मेरो वर्षका तीन–चारपटक मात्र उहाँसँग भेट हुन्थ्यो । बुबा ०१६ सालमा देशको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभयो ।

म त्यस वेला त्यस्तै १३–१४ वर्षको थिएँ होला । विराटनगरकै आदर्श स्कुलमा पढ्थेँ । मेरो जीवन उसरी नै चल्यो । प्रधानमन्त्रीको छोरो हुँ भन्ने फिल नै भएन ।

जेलमा रहँदा पनि मेरो पढाइमा चासो थियो
०१७ सालको काण्डपछि बुबा सुन्दरीजल जेल बस्नुभयो । त्यतिवेला, उहाँले आमालाई चिठी लेख्नुहुन्थ्यो । ‘प्रकाश के गर्दै छ रु’ भनेर सोध्नुहुन्थ्यो । बिदा पारेर म पनि आमासँग उहाँलाई भेट्न जेल जान्थेँ । त्यस वेला पनि उहाँले, ‘पढाइ कस्तो चलिरहेको छ ?’, ‘कुन विषयमा रुचि छ रु आदि सोध्नुहुन्थ्यो ।

बुबाको हातबाट दसैँको टीका लगाइएन
मैले बुबासँग धेरै समय बिताउन पाइनँ । बुबाले नयाँ लुगा किनेर ल्याइदिएकोसमेत थाहा छैन । दसैँमा टीका लगाइदिएको पनि सम्झना छैन । यसबीच पनि संयुक्त परिवार भएकाले कहिल्यै नमिठो लागेन ।

उहाँले मलाई पिट्ने त कुनै चान्स नै थिएन । बरु, पढिनस् भनेर कहिलेकाहीँ भने गाली गर्नुहुन्थ्यो । एकै शब्दमा भन्दा बुबा ‘सेन्सेटिभ’ मान्छे हो । मप्रति इंगित गर्दै उहाँले एकपटक, ‘हुर्किने वेलामा मेरो उपस्थिति भएन । मेरो उपस्थिति भएको भए यो अर्कै मान्छे हुने थियो’ भन्नुभएको सुनेको छु ।

जेलले साहित्य लेख्न जुरायो
बुबा असाध्यै नैतिकवान् व्यक्ति हुनुहुन्थ्यो । जे काममा लागे पनि हाइयर कजका निम्ति लाग्नुपर्छ र देशलाई एउटा दिशा दिनुपर्छ भन्ने उहाँको मान्यता थियो ।

राजनीतिमा उहाँले जहिल्यै नैतिकतालाई प्राथमिकता दिनुभयो । जे गर्नुभयो किताबमा पनि त्यही नै लेख्नुभयो । ढाँट्ने छल्ने गर्नुभएन । बरु, उहाँ अलि संवेदनशील हुनुहुन्थ्यो । साहित्यकारहरू प्रायः संवेदनशील नै हुन्छन् । साहित्यमा उहाँको भित्रैदेखि नै रुचि थियो । संसारका सबै साहित्यकारबारे उहाँले अध्ययन गर्नुभएको थियो ।

तिनका कृति पनि पढ्नुभएको थियो । लेख्नका लागि जेल परेका वेला समय जु(यो । अग्लो हुनुहुन्थ्यो । चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।

मैले बुबासँग धेरै समय बिताउन पाइनँ । बुबाले नयाँ लुगा किनेर ल्याइदिएकोसमेत थाहा छैन । दसैँमा टीका लगाइदिएको पनि सम्झना छैन । यसबीच पनि संयुक्त परिवार भएकाले कहिल्यै नमिठो लागेन । उहाँले मलाई पिट्ने त कुनै चान्स नै थिएन । बरु, पढिनस् भनेर कहिलेकाहीँ भने गाली गर्नुहुन्थ्यो । एकै शब्दमा भन्दा बुबा ‘सेन्सेटिभ’ मान्छे हो ।

बिपी र महेन्द्र सँगसँगै फिल्डमा
बुबा प्रधानमन्त्री हुँदा मैले पनि उहाँसँगै भारतको राजकीय भ्रमण गरेको थिएँ । भारतीय नेता जयप्रकाश नारायणसँगको भेटमा पनि म सँगै थिएँ । प्रधानमन्त्री भएकै वेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको भ्रमण हुने भयो । त्यो भ्रमण सफल पार्न बुबा र राजा महेन्द्र सँगै लाग्नुभयो ।

एकाबिहानै राजा महेन्द्र त्रिपुरेश्वरस्थित क्वार्टरमा आउनुभएको थियो । त्यसपछि उहाँहरू विष्णुमतिको पुलले नेहरूको गाडीलाई थाम्छ थाम्दैन भनेर स्थलगत अवलोकन गर्न जानुभएको थियो । बुबा र महेन्द्रको सम्बन्ध व्यक्तिगत रूपमा असाध्यै राम्रो थियो । त्यस वेलाको क्षण अविस्मरणीय लाग्छ । यस्ता अरू पनि केही रमाइला क्षण बुबासँग बिताउने मौका पाएँ ।

कांग्रेसमा खिचातानी
०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । कांगे्रसमा देखिएको आन्तरिक कलहका कारण दुई–तीन महिना त सरकार बन्न नै लाग्यो । यस्तो भएपछि राजा महेन्द्रलाई प्रजातान्त्रिक प्रणालीले तत्काललाई मुलुकलाई निकास दिन सक्दैन भन्ने लागिसकेको थियो । यसैकारण राजाले कदम चालेको हुनुपर्छ ।

कम्युनिस्टलाई ‘नेस्नलिस्ट’ मान्नुहुन्थेन
बुबाले जहिल्यै पनि ‘आफ्नो खुट्टामा उभिएर राजनीति गर्नू’ भन्नुहुन्थ्यो । यसको अर्थ विदेशीको इसारामा नचल्नु भन्नुभएको हो । यो आदर्शबाट म अहिले पनि अविचलित छु ।

किनकि, नेपालमा गणतन्त्र नै विदेशी (मुख्यतः भारत)को चाहनाले आएको हो । हाम्रो देशका कम्युनिस्ट आफ्नै खुट्टामा उभिएका छैनन् । उनीहरू कि भारतसँग नजिक छन् कि चीनसँग । यसैकारणले बुबाले कम्युनिस्टको भर नलागेकाले उनीहरूसँग सहकार्य गर्न नचाहनुभएको हो ।

कम्युनिस्टहरू नेसनलिस्ट हुँदैनन् भन्ने उहाँको मान्यता थियो । यदि, ०४६ सालसम्म बुबा बाँच्नुभएको भए बहुदलीय व्यवस्था त आउँथ्यो होला तर अर्कै किसिमको । कांग्रेसकै प्रयासको । कम्युनिस्टको योगदानरहितको ।

उहाँ पहिलो र अन्तिम राष्ट्रवादी नेता
बुबाको राजनीतिलाई दुई भागमा बाँड्न सकिन्छ । एउटा ०३३ साल ९मेलमिलाप नीति० अघिको र पछिको । नेपालको ‘एक्जिस्टेन्ट थ्रेट’ थाहा पाएपछि उहाँ मेलमिलापको नीति लिएर नेपाल फर्किनुभयो । भारत र चीनजस्ता भूगोल र अर्थतन्त्र दुवै हिसाबले ठूला देशले नेपालको अस्तित्व सिक्किम जसरी मेट्न सक्छन् या पाकिस्तानलाई जसरी टुक्र्याइदिन सक्छन् भन्ने उहाँले बुझ्नुभयो ।

त्यसपछि उहाँले जहिल्यै आफ्नो पहिलो प्राथमिकता राष्ट्रियता राख्नुभयो । यो कुरा मैले राम्ररी बुझेको हुनाले नै उहाँको बाटोमा हिँडिरहेको छु । देश बचाउन राजसंस्थासँग मिलेर जानुपर्छ भन्ने उहाँको मान्यता थियो ।

म उहाँलाई पहिलो र अन्तिम एक मात्र राष्ट्रवादी नेता मान्छु । मैले उहाँको त्यही राष्ट्रवादीधार नै पछ्याइरहेको छु । पछिल्लो समयमा नेपालमा गणतन्त्र आउनुमा म कांग्रेसलाई, एमालेलाई केही श्रेय दिन्न ।

प्रचण्डलाई पनि कमै श्रेय दिन्छु । यसको श्रेय त भारतलाई जान्छ । यसको पुष्टि भारतका पूर्वराजदूत श्यामशरणले गरिसकेका छन् ।

जेलबाट छुटेपछि वनारसमा भेट
मैले एसएलसी विराटनगरबाटै पास गरेँ । प्रि–युनिभर्सिटी ९आइएसरह० पढ्न वनारस गए“ । एकवर्षे कोर्स सकेँ । त्यसपछि ग्राजुएसन (बिएसरह) गर्न थालेँ । म दोस्रो वर्ष पढ्दै थिएँ ।

सोही वेला बुबा जेलबाट छुट्नुभयो । त्यो सन् १९६८ को कुरा हो । छुटेको एक–दुई महिनापछि एकपटक वनारस आउनुभयो । त्यहाँ हाम्रो भेट भयो । आठ वर्ष जेल बसेका कारण उहाँ दुब्लो हुनुभएको थियो । क्यान्सरले पनि च्यापेको थियो । मलाई साह्रै चिन्ता लाग्यो ।

हुन त बुबालाई घाँटीको क्यान्सर भएको म जन्मिएको साल ९सन् १९४६० देखि नै हो । भारतमै रहँदा डाटा इन्टिच्युट अफ क्यान्सरमा चेक गर्दा देखिएको थियो ।

त्यहाँका चिकित्सक डा। प्रेम मास्टरले यसको पुष्टि गरेका थिए । उपचार पनि भयो । तर, क्यान्सर भएपछि मान्छे करिब १२ वर्ष बाँच्छ रे । तर, उहाँ त ४५–४६ वर्ष बाँच्नुभयो । यस कुरामा उहाँ पनि अचम्मित हुनुहुन्थ्यो ।आजको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्