अरुण तेस्रोको सुरुङभित्र ढिस्कोले पुरिएर ४ कामदारको मृत्यु,ढिस्को हटाउन स्काभेटर र डोजर



हाम्रो इकोनोमि

मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ । शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन।

ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको डीएसपी श्यामकुमार सारुमगरले बताए। मृत्यु हुनेमा

कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको मृत्यु भएको हो। शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थल लगिएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...