कांग्रेसलाई पुरानै अवस्थामा फर्काएर नपुग्ने भन्दै गगन थापाले अघी सारे यस्तो सूत्र



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काएर नपुग्ने बताएका छन्।
शुक्रबार पोखरामा आयोजित विचार गोष्ठीमा बोल्दै नेता थापाले सभापति शेरबहादुर देउवाको भनाइको खण्डन गरेका हुन्।

सभापति देउवाले आफू पुरानै अवस्थामा फर्काउन सक्षम रहेको भन्ने भनाइको खण्डन गर्दै नेता थापाले पुरानो ठाउँ खाली गरेर नयाँ बनाउनुपर्ने बताए।

कांग्रेसलाई पुरानै अवस्थामा फर्काएर मात्रै केही नहुने भन्दै उनले भने, ‘कांग्रेसको इतिहासमा स्वयम् विपी कोइरालाका पालामा १०० जना मतदातामध्ये ६८ जना मतदाताले कांग्रेसलाई भोट हाले, कृष्णप्रसाद भट्टराई नेतृत्वमा २०४८ सालमा गिरिजा प्रसाद कोइरालाले सरकारको नेतृत्व गर्दैगर्दा ३८ जना मतदाताले भोट हाले, तर अहिले १०० जना मतदातामा ३० जना मतदाताले कांग्रेसलाई भोट हाल्दै गर्दा ५२ जनाले नेकपालाई भोट हालेका छन्, ३० मतबाट ४५/४८ मतमा पु¥याउनुपर्नेछ।

उनले काग्रेसलाई माथि उठाउन हिजोका पाराले नहुने भन्दै महासमितिको भेलाले सिंगो देशलाई एकतावद्ध बनाउने गरी विचार र नेतृत्वको सविकास गर्नुपर्ने बताए। उनले कम्युनिस्टको दुई तिहाइबाट नआत्तिन समेत कार्यकर्तालाई आग्रह गरे।

संघीय सरकारमा मात्रै कांग्रेस सातै प्रदेश र ४१३ स्थानीय तह प्रतिपक्षमा रहेको भन्दै उनले कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन सबै कार्यकर्ताले सोच्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...