कृषिमन्त्रीले नापीका भ्रष्ट कर्मचारीको यस्तो बनाए सूची,तीन पुस्ते उतारेर डण्डा बर्साउने



हाम्रो इकोनोमि

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नापी कार्यालयमा सुधारको प्रयास गरिएको दाबी गरेका छन्। भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले मालपोत र नापी कार्यालयमा बिचौलियासँग घाँटी जोड्ने भ्रष्ट कर्मचारीको गोप्य सूची तयार गरिरहेको बताए।

‘अब गलत गतिविधि गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन, सरकारले कानुनी दायरामा ल्याएर कारबाही गर्छ,’ उनले भने।

भूमि सम्बन्धी नयाँ नीति ल्याइन लागेको जानकारी दिँदै उनले जग्गा प्लटिङमा बिचौलैया र दलाली प्रवृत्ति अन्त्य गर्ने बताए। ‘आवासयोग्य जग्गा खरिद बिक्रीको लागि वैधानिक कम्पनीमार्फत हुने गरी कर प्रणालीमा ल्याउँछौं,’ मन्त्री खनालले भने, ‘अब कोही ठगिनुपर्दैन।’

अब कुनै पनि नागरिक सुकुम्बासी हुनुनपर्ने उनको भनाइ थियो। जमिनलाई नयाँ तरिकाले वर्गीकरण गरी कार्यान्वयन गरिने र कृषियोग्य जमिनमा घर बनाउन नदिइने उनले बताए। ‘आवासयोग्य भूमिमा बढी कर लगाइन्छ र कृषि प्रयोजनको लागि लिजमा भूमि लिने दिने व्यवस्था लागू हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...