भारतको जम्मु कश्मीरमा सम्पादकसहित ४ जनाको गोली हानेर हत्या, आतंकवादले फेरि शीर उठाएको टिप्पणी



हाम्रो इकोनोमि

भारतको श्रीनगरमा एक पत्रिकाको सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको २४ घण्टा नबित्दै एक सैनिकको पनि हत्या भएको छ ।

राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक बिहीबार साँझ सवा सात बजे हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो । मुस्लिम समुदायको पवित्र महिना रमजानको अन्तिम दिन इद मनाउन आफ्नो घर जाँदै गर्दा उनी अपहरणमा परेका थिए ।

उनको शव पुलवामभन्दा १० किलोमिटर टाढा गुसु गाउँमा फेला परेको थियो । टाउको र गर्धनमा गोली हानिएको अवस्थामा शव फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

२४ घण्टाभित्र एक पत्रकार र तीन सुरक्षाकर्मीसहित चार जनाको हत्या भएपछि जम्मु कश्मीरमा आतंकवादले फेरि शीर उठाएको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...