विदेशबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ,यदी हो भने थाहा पाउनुहोस,कहाँबाट पठाउँदा कति लाग्छ खर्च?



हाम्रो इकोनोमि

विदेशमा काम गरे आम्दानी गरेको रकम सबैले आफ्नो परिवारको सुःखका लागि नेपाल पठाइरहेको हुन्छ ।

तर, रकम पठाउन पनि केही शूल्क लाग्छ । त्यसका पनि सबैभन्दा बढी रकम मलेसिया र खाडीका ६ राष्ट्र साउदी अरब, ओमन, बराईन, दुबई, कतार र कुबेतबाट नै आउँछ ।

नेपालले प्राप्त गर्ने रकमको ७० प्रतिशत हिसा यी देशमा गइ काम गरेर रकम पठाउनेको छ । यी देशबाट २ सय अमेरिकी डलर पठाउँदा लाग्ने खर्च कतार बाहेकका देशमा कुल रकमको ५ प्रतिशत भन्दा कम रहेको छ ।

यसैगरी अन्य छिमेकी मुलुक भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानसँगको तुलनामा साउदी अरेवियाबाट नेपालमा प्राप्त हुने विप्रेषणको लागत भने न्यून रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

साउदी अरेवियाबाट नेपाल अमेरिकी डलर दुई सय बराबरको रकम पठाउदा लागत २.०६ प्रतिशत मात्रै लाग्छ । जुन अन्य सार्क मुलुकहरुको तुलनामा सबैभन्दा सस्तो हो ।

यसैगरी अमेरिकी डलर २ सय रुपैयाँ बराबरको रकम मलेसियाबाट नेपाल पठाउँदा न्यूनतम २.२४ प्रतिशतदेखि अधिकतम ३.०९ प्रतिशत गर औसतमा २.७१ प्रतिशत लाग्ने राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

यस्तै गरी कतारबाट बाट न्यूनतम १.५९ प्रतिशतदेखि अधिकतम ९.७२ प्रतिशत गरी औसत मा ५.१९ प्रतिशत लाग्छ । यसैगरी साउदी अरेवियाबाट न्यूनतम २.३३ प्रतिशतदेखि अधिकतम ३.७० प्रतिशत गरी औसतमा ३.४५ प्रतिशत लाग्ने गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, संयुक्त अरब ईमिरेट्सबाट न्यूनतम ०.५३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशत गरी औसतमा ३.३२ प्रतिशत लागेको देखिन्छ ।
तुलनात्मक रुपमा खाडी मुलुकहरु भन्दा मलेसियाबाट विप्रेषण पठाउन कम लागत लाग्ने गरेको राष्ट्र बैंकले गरेको अध्ययनमा उल्लखे छ ।

कतार र संयुक्त अरब इमिरेट्सबाट नेपाल विप्रेषण पठाउन अन्य सार्क मुलुकहरु भन्दा बढी खर्च लाग्ने गरेको छ ।तर विप्रेषणको मात्रा बढेसँगै पठाउने लागतमा कमी आउने गर्दछ ।

नेपालमा अमेरिकी डलर ५ सय पठाउन सबैभन्दा कम साउदी अरेवियामा लाग्ने गरेको छ भने सबैभन्दा बढी कतारमा लाग्ने गरेको छ । विप्रेषण पठाउन लाग्ने लागतको देशगत भिन्नतालाई हेर्दा लागत निर्धारण हुने कारक तत्वहरु पत्तालगाउन सकिएमा लागत घटाउन सक्ने सम्भावना देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...