नक्कली नोट छापेर बजारमा छ्याप-छ्याप्ती पार्ने लुटका लुटेरा निर्माता सहितका यी तीन भाई जाकीए खोरमा



हाम्रो इकोनोमि

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

वाग्लेले चङ्गाचेट फिल्मका लागि आफुले नक्कली नोट छापेको दाबी गर्दै आएका थिए। उनले छापेको उक्त पैसामध्ये केही कारोबार भएको पाईएपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो। पक्राउ परेका मध्ये तीन जनालाई धरौटीमा छाड्ने आदेश भएको छ।

२ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको थियो। गत जेठ २ गते उनीहरुलाई प्रहरीले दुई करोड ५० लाख नेपाली रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ गरेको थियो। नोटमा फिल्म प्रयोजनका लागि र नक्कली लेखिएको पाईएपनि राष्ट्र बै‌ंकले नक्कली नोट छाप्नै नपाईने नियम रहेको स्पष्ट पारेको थियो।

जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बाग्लेसागै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ ।

साढे २ करोड भन्दा बढी नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बरामद भएको केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ लेखिएको थियो तर, धेरैमा थिएन ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...