मुस्लिमले हलाल गरे झैँ गरी बालककोको घाँटी रेटी यसरी गरियो हत्या,आमा-बाबु दुबै गम्भीर घाइते



हाम्रो इकोनोमि

पोखराको रामबजारको एक घरमा घाँटी एक बालकको हत्या भएको छ। मकवानपुर स्थायी घर भई पोखराको रामबजारस्थित कालिकामार्गमा बस्दै आएका रामजी घलेको ११ वर्षीय छोरा ज्ञापन घलेको घाँटी रेटी हत्या भएको हो।

मृतकका बाबु रामजी र आमा सुमित्राको पनि घाँटी रेटिएको छ ।उनीहरुको क्रमशः मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले एकैघरमा बस्दै आएकी घाइते सुमित्राकी आमाको हवाला दिँदै हत्या आफ्नै ज्वाइँ रामजीले गराएको बताएको छ।

रामजीका सासु धनमाया ठकुरीका अनुसार गर्भवती सुमित्राले एक्कासी चिच्याउँदै ढोका ढक्ढक्याइन्। अर्को कोठामा सुतेकी आमा उठ्दा छोरी रक्ताम्य अवस्थामा रहेकी छोरी सुमित्राले लोग्नेले छोराको घाँटी रेटी मारेको र आफूलाई पनि मार्न लागेको बताइन्।

घटनापछि आमा धनकुमारीले हारगुहार गरिन्। छिमेकी भेला हुँदा बालक ज्ञापन रगतको आहालमा थिए। रक्ताम्य बनेका रामजी र सुमित्रालाई तत्काल अस्पताल लगियो। अहिले दुबै जना बोल्न सक्ने अवस्थामा छैनन्।

सासुले आफ्नै ज्वाइँले घटना घटाएको बताए पनि थप अनुसन्धान भई रहेको र घाइतेहरु बोल्न सक्ने भएपछि घटनाको बिस्तृत बिवरण आउने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि त्यहाँ पुग्दा बालक मृत थिए भने रामजी र उनकी श्रीमति घाइते अवस्थामा थिए। घटनामा भान्छामा प्रयोग हुने चक्कु प्रहार गरिएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गर्भवती सुमित्राको गर्भ खेर गएको छ ।

रामजी पोखरामा पेण्टरको काम गर्दै आएका थिए। उनी हँसमुख र भलादमी रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...