तस्करीको ३३ किलो सुन लुकाएको सुराक पाए पछी बाजेको सेकुवामा छापा,यसरी गरियो शिलबन्दी,के-के भेटियो?



हाम्रो इकोनोमि

३३ किलो सुन प्रकरणमा मुछिएको बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले छापा मारेको छ ।
समितिले बुधबार अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी सिलबन्दी गरेको समितिका एक अधिकारीले जानकारी दिए । समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चेन रेस्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी मुछिएसँगै छानबिन समितिले यसअघि बैंक खाता रोक्का राख्न पत्राचार गरिसकेको थियो ।

विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिन पुगेको थियो ।

भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभएपनि मुख्य नाइके भनिएका चूडामणि उप्रेती गोरेमार्फत लगानी गरेको बताइँदै आएको छ ।

तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा गत माघमा हराएको थियो। सुन लुकाउनेहरुसँग मिलेको आशंकामा शाक्यलाई नियन्त्रणमा लिई सोही गिरोहका व्यक्तिहरुले कुरा खोल्न करेन्ट लगाएका थिए। त्यही क्रममा उनको मृत्यु भएको थियो।
त्यसपछि बाहिर आएको सुनकाण्डको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...