वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन, आजै पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने



हाम्रो इकोनोमि

वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।

थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार जितु नेपालले लेखेका छन्, ‘बरिष्ठ कलाकार भीम बहादुर बुवा हामीबीच रहनुभएन । बुवाको आत्माको चीर शान्ती कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...