तस्करीको सुन खपत हुने ज्वलर्समा सुन समितीले मार्यो छापा,सुनको चाङ्ग यसरी गर्यो बरामद



हाम्रो इकोनोमि

३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरी प्रहरी स्रोतले बतायो । दुई वटै पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको स्रोतको दाबी छ ।

ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो ।
शुक्रबार अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...