दाहिने खुट्टाको पिंडौला छेड्ने गरी प्रहरीको इन्काउन्टरमा परेका यी हुन् गुण्डा अशोक लामा



हाम्रो इकोनोमि

काभ्रे स्थायी घर भएका अशोक लामा काभ्रेली डन दावा लामाको संगतबाट गुण्डागर्दीमा लागेका हुन् ।
पहिले काठमाडौंको त्रिपुरेश्वरमा बस्ने गरेका अशोकले दावाकै सहयोगीका रूपमा ललितपुरलाई आधार बनाएर गुण्डागर्दी शुरु गरेका हुन् ।

शुरुवातमा उनी काठमाडौंका ठमेल, दरबारमार्ग र ललितपुरको लगनखेल क्षेत्रमा सञ्चालित डान्सबारबाट हप्ता असुली गर्ने गर्दथे । पछि उनले विभिन्न व्यापारीलाई चर्को ब्याजमा पैसा दिने (मिटर ब्याज)को धन्दा शुरु गरेको प्रहरी स्रोत बताउँछ । उनी निर्माण क्षेत्रका साना–ठूला ठेक्कापट्टामा समेत संलग्न थिए ।

यसअघि उनीमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चलेको थियो । उनीमाथि विभिन्न समयमा सार्वजनिक मुद्दा समेत चलेका थिए ।

पछिल्लो समय उनी विभिन्न व्यवसायीलाई हतियार देखाएर हप्ता असुली गर्ने गर्दथे । विभिन्न व्यवसायीहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाले लामाको खोजीका लागि विशेष टोली नै परिचालन गरेको थियो । सोमवार दिउँसो युएन पार्कमा भेटिएका लामालाई प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

उनले प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि जवाफी फायरिङ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले बताएको लोकांतरले उल्लेख गरेको छ ।

लामाको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

लामाको दाहिने खुट्टाको पिंडौलामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...