१० बर्षे घाइते बच्चालाई निर्दयी मामाले घनघोर जंगलमा फालेपछि…



दश वर्षीय बालक आयुस केसीको मृत्युलाई लिएर बाँकेको शमशेरगञ्जमा तनाव भएको छ । ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई उपचार गर्न लैजानुको साटो जंगल फालेर हिडेपछि मृत्यु भएको थियो ।

माटो लिन हिँडेको भे १ त ६१६७ नम्बरको ट्रयाक्टरमा चढेर जंगल गएका बालक फर्किँदा ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टरको चक्काले च्यापिएका बालक गम्भीर घाइते भए । गम्भीर घाइते भएका बालकलाई उपचार गराउन लैजानुको साटो ट्रयाक्टर चालक, सहयोगीले जंगलमा फालेर हिँडे । बालकको मृत्यु भयो ।

बालकको शव जंगलमै रहेको छ । घरपरिवारले बुझ्न मानेका छैनन् । ट्रयाक्टरबाट बालक खसेर गम्भीर घाइते भएपछि चालकले ट्याक्टर मालिकलाई फोन गरेर सबै कुरा बताएका थिए । ट्रयाक्टर मालिकले सबै जना फस्ने भएकाले बालकलाई जंगलमा फालेर भाग्न भनेको ट्रयाक्टरका सहयोगीले बयान दिएका छन् । चालक भने फरार छन् । जो मृतक बालकका मामा नाता पर्छन् ।

चालकको लाइसेन्स थिएन । लाइसेन्स नभएकाले जेल जानु पर्ने डरेले चालक भागेको स्थानीयले बताएका छन् । ‘चालकले शुरुमा अस्पताल लैजाउ भनेका थिए ।

पछि मालिकले फोनमा सबै जना फस्ने भनेपछि जंगलमा छोडेर भाग्यौँ, पक्राउ परेका ट्रयाक्टरका सहयोगीहरुले बताए ।
बच्चा चढेको ट्रयाक्टरको पछि पछि रहेको अर्को ट्रयाक्टरका चालक कलिराम थारुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले सत्यकुरा नबोलेर ढाकछोप गर्ने प्रयास गरेका थिए । प्रहरीले समातिसकेपछि कलिरामले ‘बच्चालाई छोडेर हिँड्दा धड्कन चलिरहेको’ बताए । उनले बच्चालाई अस्पताल लगेको भए बाँच्न सक्थ्यो भनेका छन् ।

ट्रयाक्टर आइतबार अपरान्ह माटो लिन परुवाखोलामा गएको थियो । त्यही ट्रयाक्टरमा बसेर बालक पनि गएका थिए । माटो लिएर फर्किने क्रममा बालक खसे । प्रत्यक्षदर्शीका अनुसार, चालकले मापसे गरेका थिए । कच्ची बाटोमा ट्याक्टर उफ्रिँदा बालक खसे ।

बालकका बाबु घरमा छैनन् । बैदेशिक रोजगारीमा गएका छन् । आमाले छोरा रातिसम्म नआएपछि छरछिमेकलाई भनेर खोजतलास सुरु गरिन् । पुरुवा खोलामा डुब्यो कि भनेर गाउँलेले खोजे । गाउँभरीका मान्छे जंगलतिर फैलिए । त्यही क्रममा साढे एक बजेतिर जंगलमा शव भेटियो । गाईगुई कुरा भयो, बालक त ट्याक्टरमा चढेर गएका थिए ।

ट्रयाक्टर चालकलाई खोजियो । उनी फरार भइसकेका थिए । सहयोगीहरुमार्फत सबै कुरा बाहिर आयो । शवलाई घरपरिवारले उठाउन मानेन । ट्रयाक्टर चालकमात्रै होइन, मालिक पनि फरार भएका छन् । ‘म¥यो जस्तो लागेर जंगलमा छोडेर भागेको’ ट्रयाक्टरमा रहेका सहयोगीहरुले बताएका छन् ।

प्रहरी पनि राती नै घटनास्थल पुगेको थियो । सोमबार दिउँसोसम्म प्रहरी र स्थानीय बासिन्दा जंगलमा बसेका थिए । घटनाको मुचुल्का गर्न इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरीको टोली पुगेको छ ।

प्रहरीले चालक र ट्याक्टर मालिकलाई कडा भन्दा कडा कारबाही गर्ने सहमति गराएर शव उठाउने प्रयास गरिरहेको देश संचारले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
युनिभर्सल डेन्टल अस्पतालमा मोबाइल क्लिनिक सुरु

 काठमाडौंको स्युचाटारमा रहेको युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटले मोबाइल डेन्टल सर्भिस

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको

राजेन्द्र महतोले छाडे लोसपा

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्नुभएको

बारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु

    बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको