ओली सरकारका मन्त्रीले भने-यो सरकारले लोग्ने मान्छेलाई स्वास्नी र स्वास्नी मान्छेलाई लोग्ने बनाई दिन सक्छ



हाम्रो इकोनोमि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणका कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले सम्झौताअनुसार काम नगरेकाले समस्या भएको बताएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै महासेठले आफू मन्त्री भएपछि त्यस्ता ठेकेदारलाई चेतावनी दिएर तत्काल काम गर्ने वातावरण बनाएको दाबी गरे ।

एउटै ठेकेदारले ५० भन्दा बढि कामको जिम्मा लिएकाले पनि समयमा काम हुन नसकेको भन्दै महासेठले अब सबै समस्या समाधान गरिने बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायात क्षेत्रको सिन्डिकेट हटाउन सहयोग गरेको तर यसअघि २० महिना विभागमा रहँदा सिन्डिकेटबारे कुने चासो नदिएको महासेठले आरोप लगाएका छन् ।

भट्टराईसँग आफ्नो कुनै मनमुटाव नभएको, मन्त्रालयमा विशेष कामका लागि सरुवा गरिएको महासेठको दाबी छ ।

प्रधानमन्त्री केपी ओलीमा धेरै ईच्छाशक्ति रहेकाले पछिल्लो समय विहान सातबजेदेखि रातको १२ बजेसम्म काम गर्ने गरेको मन्त्री महासेठले बताए । “उहाँ शारीरिक रुपमा फिट भए पनि केही वर्ष पहिले उहाँ विरामी हुनुहुन्थ्यो । यो अवस्थामा ओलीले जति काम गर्नुभएको छ, त्यति काम गर्न मैले पनि सकेको छैन । महासेठले भने ।”

ईच्छाशक्ति भयो भने जस्तोसुकै काम पनि गर्न सकिने भन्दै महासेठले अहिलेको सरकार इच्छाशक्तिले भरिएको दाबी गरे ।

“लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ । संसारमा धेरै लोग्ने मानिसहरु स्वास्नी मान्छेको रुप लिएर आएको छ । मोडिकल साइन्सले लोग्ने मान्छेलाई स्वास्नी र स्वास्नीलाई लोग्ने मान्छे बनाएको छ । यसको अर्थमा ईच्छाशक्ति भयो भने जे पनि सम्भव छ ।” महासेठले भने ।

पाँच वर्षभित्रमा बाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएका सबै कुरा कार्यान्वयन गर्ने दाबी महासेठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...