देउवालाई निघुरमुन्टी पार्दै सिध्याउन अर्जुन र कृष्णले चाले यस्तो कदम,देउवाविरुद्ध गगनले सिधै घन हान्ने



कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा दोस्रो वरियताका नेताद्वय अर्जुननरसिंह केसी र कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाविरुद्ध नयाँ मोर्चा कस्ने तयारी थालेका छन् ।

पार्टीको १३औं महाधिवेशनमा पौडेल र सिटौला सभापतिका प्रत्यासी बनेका थिए भने केसी देउवा समूहबाट महामन्त्रीको उम्मेदवार थिए । त्यसयता तीनै जनाले अलग-अलग समूहको नेतृत्व गर्दै आएका थिए ।

काठमाडौं बत्तीसपुतलीमा सोमबार आयोजित एक कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिएका छन् । उक्त कार्यक्रमको आयोजना कांग्रेसको काठमाडौं जिल्ला समितिले गरेको हो ।
कांग्रेसको १२औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि स्वर्गीय सुशील कोइरालाले पौडेललाई उपसभापति र सिटौलालाई महामन्त्री मनोनित गरेका थिए । कोइरालाको निधनपछि दुवै नेताले फरक-फरक समूहको अभ्यास गरे । १३औं महाधिवेशनसम्म आइपुग्दा दुवै नेता देउवाविरुद्ध सभापतिका प्रत्यासी बने । र, दुवै पराजित पनि बने ।

तीन वटा तहको निर्वाचनमा सभापति देउवाले आफूइतरका नेतालाई बेवास्ता गर्दै एकलौटी ढंगले अगाडि बढेको बताउँदै दुवै नेता उनीसँग असन्तुष्ट छन् ।

महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष (पौडेल समूह)का तर्फबाट महामन्त्रीमा उम्मेदवार भएर जितेका डा. शशांक कोइरालाले उक्त समूहसँग खासै निकटता देखाएका छैनन् । सोही कारण पौडेल सिटौला समूहसँग मोर्चा बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेका हुन् ।

डा. कोइरालाले पार्टी संसदीय दलको निर्वाचनमा पौडेल समूहबाट नेतामा उम्मेदवारी दिएका प्रकाशमान सिंहलाई समेत असहयोग गरेका थिए । उनीसँग पौडेल चिढिनुको अर्को कारण त्यो पनि हो ।

कार्यक्रममा प्रकाशमान सिंह निकटस्थ काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ र उनीसँग सभापतिमा प्रतिस्पर्धा गरेर पराजित बनेका सांसद भीमसेनदास प्रधान पनि उपस्थिति हुने भएका छन् ।
दुवै समूहको सहयोगमा पार्टीका दुई शुभेच्छुक संस्था कर्मचारी युनियन र शिक्षक संघमा पार्टी सभापति देउवा पक्षधर उम्मेदवारले पराजय बेहोर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख