देउवालाई निघुरमुन्टी पार्दै सिध्याउन अर्जुन र कृष्णले चाले यस्तो कदम,देउवाविरुद्ध गगनले सिधै घन हान्ने



हाम्रो इकोनोमि

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा दोस्रो वरियताका नेताद्वय अर्जुननरसिंह केसी र कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाविरुद्ध नयाँ मोर्चा कस्ने तयारी थालेका छन् ।

पार्टीको १३औं महाधिवेशनमा पौडेल र सिटौला सभापतिका प्रत्यासी बनेका थिए भने केसी देउवा समूहबाट महामन्त्रीको उम्मेदवार थिए । त्यसयता तीनै जनाले अलग-अलग समूहको नेतृत्व गर्दै आएका थिए ।

काठमाडौं बत्तीसपुतलीमा सोमबार आयोजित एक कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिएका छन् । उक्त कार्यक्रमको आयोजना कांग्रेसको काठमाडौं जिल्ला समितिले गरेको हो ।
कांग्रेसको १२औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि स्वर्गीय सुशील कोइरालाले पौडेललाई उपसभापति र सिटौलालाई महामन्त्री मनोनित गरेका थिए । कोइरालाको निधनपछि दुवै नेताले फरक-फरक समूहको अभ्यास गरे । १३औं महाधिवेशनसम्म आइपुग्दा दुवै नेता देउवाविरुद्ध सभापतिका प्रत्यासी बने । र, दुवै पराजित पनि बने ।

तीन वटा तहको निर्वाचनमा सभापति देउवाले आफूइतरका नेतालाई बेवास्ता गर्दै एकलौटी ढंगले अगाडि बढेको बताउँदै दुवै नेता उनीसँग असन्तुष्ट छन् ।

महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष (पौडेल समूह)का तर्फबाट महामन्त्रीमा उम्मेदवार भएर जितेका डा. शशांक कोइरालाले उक्त समूहसँग खासै निकटता देखाएका छैनन् । सोही कारण पौडेल सिटौला समूहसँग मोर्चा बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेका हुन् ।

डा. कोइरालाले पार्टी संसदीय दलको निर्वाचनमा पौडेल समूहबाट नेतामा उम्मेदवारी दिएका प्रकाशमान सिंहलाई समेत असहयोग गरेका थिए । उनीसँग पौडेल चिढिनुको अर्को कारण त्यो पनि हो ।

कार्यक्रममा प्रकाशमान सिंह निकटस्थ काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ र उनीसँग सभापतिमा प्रतिस्पर्धा गरेर पराजित बनेका सांसद भीमसेनदास प्रधान पनि उपस्थिति हुने भएका छन् ।
दुवै समूहको सहयोगमा पार्टीका दुई शुभेच्छुक संस्था कर्मचारी युनियन र शिक्षक संघमा पार्टी सभापति देउवा पक्षधर उम्मेदवारले पराजय बेहोर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...