सुन तस्कर गोरेलाई काठमाडौँ ल्याइयो,एसएसपी श्याम र भुजुङलाई पनि ल्याइदै,यस्तो छ कारण



हाम्रो इकोनोमि

सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका तीन जनालाई सोमबार काठमाडौँ झिकाइएको छ।
सरकारले गठन गरेको छानबिन समितिले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री र अर्का अभियुक्त भुजुङ गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौँ झिकाएको हो।

छानबिन समितिका एक सदस्यले भने ‘पुर्पक्षमा रहेका उनीहरूलाई थप अनुसन्धानको लागि ल्याउन लागिएको हो। अनुसन्धानले थप पाटाहरू खुल्नेछन्।’

तीनै जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो। गोरे बाहेक अन्य दुई जना क्षेत्रीय कारागार झुम्कामा थिए। गोरे भने मोरङ कारागारमा छन्। गोरेलाई बिहानको फ्लाइट मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।

शुक्रबार छानबिन समितिले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार ‘एमके’ अग्रवालको घरमा छापा मारेको थियो। छापाको क्रममा समितिले केही महत्त्वपूर्ण कागजपत्र समेत बरामद गरेको थियो।

अभियुक्तमाथि सम्पत्ति शुद्दीकरणको आरोपमा पनि छानबिन अघि बढाइने भएको छ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...