मन्त्री र कर्मचारीले एकै रातमा ५० लाखको मदिरा पिएर देखाए यस्तो लीला,यिनले पनि टोके कुखुराका फिला



हाम्रो इकोनोमि

दुगर्मका जनताहरु पाँच रुपैंयाको सिटामोल र जीवनजल नपाएर मरिरहेका छन् । तर तिनै जनताका नाममा राजनीति गर्ने नेतादेखि कर्मचारीहरुलाई भने मस्ति छ । उनीहरुले एकै रातमा रक्सीका नाममा ५० लाखसम्म उडाएको विरह लाग्दो दृश्य देखिएको छ ।
पर्यटन प्रर्वद्धनका नाममा प्रदेश सरकारका सभामुख,मन्त्रीदेखि कर्मचारीहरुले ५० लाख बराबर रकमको दारु पिएर सिद्धाएका हुन् ।
अस्ति विहिवारदेखि धरानमा सुरु भएर शुक्रवार सकिएको तीन दिने इस्ट टुरिजम मार्ट २०१८’मा सहभागीहरुलाई मदिरा पिलाएरै ५० लाख रकम स्वाहा पारिएको हो ।
प्रदेश नम्बर एकको धरानमा इष्ट टुरिजम मार्ट आयोजना गरिएको थियो । जस्का लागि   नेपाल पर्यटन बोर्डले ४० लाख  रकम छुटाएको थियो । धरान उपमहानगरपालिकाले ६ लाख र प्रदेश एक भरीका पर्यटन व्यवसायी तथा संघसस्थाहरुबाट ४ लाख सङ्कलन गरिएको थियो । यसरी उठाइएको रकमको चरम दुरुपयोग गर्दै प्रदेश एकभरका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको प्रर्वद्धन, प्रचार प्रसार भन्दा सहभागीहरूलाई मदिरा पिलाएर बजेट सक्ने काम गरेको भन्दै अहिले चर्काे आलोचना सुरु भएको छ ।
तीन दिने पर्यटन महोत्सवको उद्घाटन गत बिहीबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको थिए ।कार्यक्रम समापन भए लगतै मदिरा पार्टी चलेको थियो ।  मुख्य अतिथि राई, प्रदेश एकका सभामुख प्रदीप भण्डारी, प्रदेश एकका पर्यटनमन्त्री जगदीश कुसियत र प्रदेशका मुख्य सचिव, सचिवहरू लगायतका करिब ५ सयको हाराहारीमा  धरान–१५ स्थित इजिराइर्डस होटेल पुगेका थिए । राति ११ बजेसम्म चलेको मदिरा पार्टीका सहभागीहरूलाई वास्टटाइनर बियर, रुसलान भोड्का, रियल टेजर ह्वीस्कीसँग खसी, कुखुरा र बङ्गुरको मासु तथा भोज पकौडा खुवाइएको थियो। मदिरा पार्टीमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा र ‘इस्ट टुरिजम आर्ट २०१८’ का अध्यक्ष भविश कुमार श्रेष्ठको नाममा रहेको निमन्त्रण कार्डबाट सहभागीलाई मदिरा पार्टीमा प्रवेश गराइएको थियो ।
यता धरान उपमहानगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पालिखेले पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको बजेट मदिरा पार्टीमा खर्च गर्नु भष्ट्राचार भएको बताए । उनले गलतरुपमा पर्यटन प्रवर्द्धनको बजेट मदिरा पार्टीमा खर्च गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरेसँगै यो प्रंसगले अहिले चर्चा र विवादमा परेको हो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...