असईले आफैलाई गोली हानी यसरी गरे आत्महत्या,प्रहरीमा अब ३ एआईजी मात्र राख्ने ओली सरकारको निर्णय



नेपालस्थित इजरायली दूतावासको सुरक्षामा खटिएका प्रहरी पहरा गणका सहायक निरीक्षक (असई) अनुपराज थापाले आफैलाई गोली हानी आत्महत्या गरेका छन्।

लाजिम्पाटस्थित दूतावासमा रहेको आफ्नै कोठामा थापाले पेस्तोल हानी आत्महत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको छ।महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लले घटनाको पुष्टि गर्दै अहिले मुचुल्का उठाउनको कार्य भईरहेको बताए।

यता नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको पद कटौतीको निर्णय गरेको हो ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्