असईले आफैलाई गोली हानी यसरी गरे आत्महत्या,प्रहरीमा अब ३ एआईजी मात्र राख्ने ओली सरकारको निर्णय



हाम्रो इकोनोमि

नेपालस्थित इजरायली दूतावासको सुरक्षामा खटिएका प्रहरी पहरा गणका सहायक निरीक्षक (असई) अनुपराज थापाले आफैलाई गोली हानी आत्महत्या गरेका छन्।

लाजिम्पाटस्थित दूतावासमा रहेको आफ्नै कोठामा थापाले पेस्तोल हानी आत्महत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको छ।महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लले घटनाको पुष्टि गर्दै अहिले मुचुल्का उठाउनको कार्य भईरहेको बताए।

यता नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको पद कटौतीको निर्णय गरेको हो ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...