धर्म पुत्रले यसरी गरे सुन तस्करी,गोरेलाई तस्करी गर्न सिकाउने यी हुन् सुन तस्करीका ‘ठूला माछा’



३८ क्वीन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका छन् । गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोलीले सुन तस्करीको जरो खोतल्ने प्रयास जारी राखेको छ ।
गृह मन्त्री रामबहादुर थापाले तस्करीमा संलग्न साना माछा पक्राउ परे पनि ठूला माछाको नजिक अनुसन्धान पुगेको अघिल्लो साता बताएका थिए । ‘ठूला माछा’ भनेर राजनीतिक नेतृत्वसम्म अनुमान गरिएको भए पनि यो अनुसन्धान एमके अग्रवालसम्म पुगेर टुंगिने देखिएको छ । एमकेको पक्राउपछि थप विषयको अनुसन्धान गर्न सकिने भए पनि अहिले भने सबैभन्दा ठूला लगानीकर्ता एमके नै भएको निष्कर्ष समितिले निकालेको छ ।

अहिलेसम्मको अनुसन्धानमा गोरे समूहको नेतृत्व एमकेले नै गर्ने गरेको पाइएको छ । उनी नै मुख्य लगानीकर्ता रहेको पाइएको अनुसन्धान टोलीका एक सदस्यले बताए ।

सनम शाक्यको हत्यापछि गृह मन्त्रालयले बनाएको अनुसन्धान टोलीले अनुसन्धान थालेपछि अग्रवाल फरार छन् । उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरिएको छ । सनम शाक्यको हत्या भएको भोलिपल्ट ( फागुन १९ ) बाट एमके फरार रहेको स्रोत बताउँछ ।
तर शुक्रबार काठमाडौंको कालिकास्थानमा रहेको एमकेको घरमा गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा मारेको थियो ।

टोलीले एमको घरबाट ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन, सुन राख्ने खाली डिब्बा र सुन बोक्ने ज्याकेट बरामद गरेको छ । टोलीले एमकेको बा १० च २८२ नम्बरको गाडी र केही कारोबारका महत्वपूर्ण कागजात पनि बरामद गरेको छ । अनुसन्धान टोलीले एमके पक्राउ परेसँगै सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करीको सबै तथ्य पर्दाफास हुने विश्वास गरेको छ ।

को हुन एमके अग्रवाल ?
अनुसन्धान टोलीले एमकेलाई ३८ क्वीन्टल सुन तस्करीको सबैभन्दा ‘ठूलो माछा’ मान्दै आएको छ । सामान्य परिवारमा जन्मिएका एमकेको सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर हो । बाल्यकाल धरानमै बिताएका एमकेलाई धरानकै एक व्यापारी काशीराम अग्रवालले धर्मपुत्र बनाएको अनुसन्धान टोलीका एक सदस्यले बताए । काठमाडौं आएलगत्तै एमकेले व्यापार गर्न थालेका थिए । त्यहीबाट उनले सुन तस्करीमा लगानी गर्न थाले । त्यही क्रममा गोरे र एमकेको सम्बन्ध बढेको स्रोत बताउँछ ।
समिति स्रोतका अनुसार एमकेको करोडौंको सम्पत्ति देखिएको छ । तर अनुसन्धान जारी रहेकाले यति नै भन्न सकिने अवस्था भने छैन ।

नेपाल र भारतका व्यापारीलाई अबैध सुन दिन्थे एमके
अनुसन्धान टोलीका अनुसार गोरे सुन तस्करीका म्यानेजर र भरिया हुन् भने एमके सबैभन्दा ठुला मालिक र लगानीकर्ता । टोलीका अनुसार गोरेले सुन कसरी भित्र्याउने, पैसा कसरी पु¥याउने लगायतको व्यवस्थापन गर्थे । बेलाबेला गोरेले पनि सुनमा लगानी गर्थे । सुन नेपाल भित्रिएपछि नेपाल र भारतका कुन–कुन व्यापारीलाई कति सुन दिने भन्ने लिष्ट एमकेले तयार पार्थे । एमकेकै सिफारिसको नामका आधारमा उनीहरुले सुन पाउँथे । यसअघि ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पूर्पक्षमा जेलमा रहेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङ, गोरे लगायतले सुनको मालिक एमके अर्थात मोहनकुमार अग्रवाल भएको बयान दिएका थिए ।

कहाँ पुगेर सकिन्छ अनुसन्धान ?

करिब ५ महिनादेखि जारी अनुसन्धान कहिले सकिन्छ त ? अनुसन्धान टोलीका एक सदस्य भन्छन्– ‘एमके अग्रवाल समातिएसँगै लगभग यो अनुसन्धान निष्कर्षतिर जान्छ । अग्रवाल समातेपछि सबै कुरा बाहिर आउछ ।”
अहिलेसम्म गोरेसहित एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी संजय राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, पूर्वडीआईजी गोविन्द निरौला, छिरिङ गुरुङसहित ३१ जना पूर्पक्षका लागि जेलमा छन् । पक्राउ परेकाहरुमध्ये गोरे, छिरिङ गुरुङ, एसएसपी श्याम खत्री र भुजुङ गुरुङलाई सम्पति शुद्धीकरण विभागले आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाउने कानुनी तयारी गरेको छ

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्