राजपा सरकारमा जान यसरी गर्दैछ मरिहत्ते,महन्थ र राजेन्द्र महतोको कुरा बाझियो,पार्टी फुट्ने आयो संकेत



राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले सरकारमै जान पार्टी बनेको प्रतिक्रिया दिएका छन् । यद्यपि, ठाकुरले आफ्नो पार्टीले सरकारमा जाने निर्णय गरिनसकेको बताए ।

राजनीतिक समितिको बैठक टारेर जनकपुर पुगेका संयोजक ठाकुरले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा भने, ‘हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो । र, पार्टी गठन पनि त्यही उद्देश्यका साथ पार्टी गठन भएको हुन्छ ।’ केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान परिवर्तन नभएको उनले बताए।

संघीय समाजवादी फोरम सरकारमा सहभागी भइसकेको अवस्थामा राजपाको भूमिकाबारे सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले केही दिनअघि एक्लै तथा सामूहिक भेटघाटमा सरकारमा सहभागी हुन आग्रह गरेको प्रसंग कोट्याए । संविधान संशोधनको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुन नसकिने जवाफ फर्काएको जानकारी दिए । त्यस बैठकपछि प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको उनको भनाइ थियो ।

नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि मधेशमा फोरम नेपालको आलोचना भइरहेको बेला ठाकुरले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको र यस्तो कुरा पहिलो पटक सुनेको प्रतिक्रिया दिए।

फोरम नेपाल सरकारमा सहभागी भए पनि प्रदेश २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने ठाकुरले स्पष्ट पारे । हिरासतमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई प्रमाण पत्र दिई संसदमा बस्ने वातावरण निर्माण गर्न ठाकुरले सरकारसँग माग गरे।

उता राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सविधान संशोधनको विश्वासिलो आधार तयार नभएसम्म सरकारमा जाने कुरा सोच्न पनि नसकिने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतोले मधेश आन्दोलन नेताहरुलाई सरकारमा पुर्याउन मात्र नभएकोले पहिलो प्राथमिकता संविधान संशोधन भएको उनको भनाइ थियो। मधेस आन्दोलनका सवालदेखि संविधान संशोधनको विषयसम्मका कुरा सरकारले प्रष्ट नपारेसम्म राजपा सरकारमा नजाने उनले प्रष्ट पारे।

सरकारले यसअघि गरेका सहमति कार्यान्वयन र संविधान संशोधनको विषयलाई सरकारले संवोधन गरे त्यसपछि मात्र सरकारमा जाने कुरा सोच्न सकिने उनले बताए। ६ महिने मधेश आन्दोलन देखाउनका लागि मात्र नभएको उनले जिकिर गरे।

नेता महतोले प्रदेश २ को सरकारलाई राजपाको पूर्ण समर्थन रहेको प्रष्ट पार्दै मधेसी जनताको भावनाअनुसार सरकार निर्माण भएकाले जनभावना विपरीत राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने अडान दोहोर्याए। सरकार परिवर्तनको सम्भावना पनि नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय