उपेन्द्र देवकोटाका दुवै मिर्गौलाले काम गर्न सकेनन्,भए दुवै फेला,यस्तो छ देवकोटाको पछिल्लो अबस्था



पित्तनलीको क्यान्सरका कारण गम्भीर बिरामी वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भइसकेको छ। पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला फेल भएको हो।

मिर्गौलाले फेल भएपछि डा देवकोटालार्इ डायलाइसिस गर्न सुरु गरिएको छ। हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको न्युरो अस्पतालका एक चिकित्सकले जानकारी दिए।

डा देवकोटालार्इ न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मिर्गौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्।

डा देवकोटाको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो। उनको शुक्रबार पनि डायलाइसिस गरिएको थियो। आइतबार पनि डा देवकोटाको डायलाइसिस गर्ने तयारी भइरहेको छ। क्यान्सरका कारण गम्भीर अवस्थामा पुगेका डा देवकोटाको मिर्गौलाको पहिलो उपचार सुरु गरिएको छ। डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो। मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुनसक्छ।

मिर्गौला फेल भएपछि डाक्टर देवकोटा थप गम्भीर भएका हुन्। यही कारण उनलार्इ भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो। डायलाइसिस र निरन्तरको उपचारका कारण शनिबार उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको हो। स्वास्थ्य अवस्थामा सुधार आएपछि डा देवकोटालार्इ उनकै इच्छा अनुसार शनिबार जन्मथलो गोरखा लगिएको थियो। उनलार्इ केही दिनअघि नै गोरखा लैजाने तयारी भए पनि मिर्गौला फेलको समस्याले गाँजेपछि गोरखा जाने मिति सरेको हो।

डा देवकोटालार्इ बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) देखिएपछि उपचारका लागि लन्डन लगिएको थियो। बेलायतमा पाँच महिना लामो उपचारपछि उनलाई गत बैसाख १५ गते नेपाल ल्याइएको थियो। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि डा देवकोटाकै इच्छा अनुसार बाँकी उपचार आफ्नै अस्पतालमा गराउन नेपाल ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्