गोपाल बहादुर खड्काको मुद्दामा अख्तियारले अर्बौ रकम चलखेल गरेको खुामसा, देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी



हाम्रो इकोनोमि

एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको   छ ।

समाचारमा लेखिएको छ, अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्चाएर मुद्दालाई तामेली मा राख्ने प्रयास सुरु गरिएको हो ।

यसैसाता राजीनामा दिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई मुद्दा नचलाउने गरी फाइल तयार गर्न अख्तियार नेतृत्वले अनुसन्धान टोलीलाई निर्देशन दिएको छ ।

यसैगरी निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।

‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्’, कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, ‘डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।’

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।

देउवा बोलिरहँदा कार्यकर्ताले ‘स्वेच्छाचारी बन्न पाईंदैन’ भन्दै नाराबाजी गरो थिए ।

 

प्रतिक्रिया दिनुहोस
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...