पुर्ख्यौली घर गोरखा लगियो डा देवकोटालाई, घरको पिँढीमा बसेर भने सिस्नेधाराको पानी पिउने इच्छा थियो पुरा भयो



हाम्रो इकोनोमि

वरिष्ठ न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा पुर्याइएर फर्काइएको छ ।  आजउनकै इच्छाअनुसार देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको थियो । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।

डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।

देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी आउने खबर पाएर ४/५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।

देवकोटाले घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको छ । गिलासको पानी चच्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइएको थियो ।

‘यो मुलको पानी हो । घर नजिकै सिस्नेधारा छ’ डा. देवकोटासँगै रहेका आशिष देवकोटाले  भने ।

पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।

‘उहाँ होसमै हुनुहुन्छ । म कहाँ आइपुगेँ भन्ने पनि थाहा छ’ आशिषले भने, ‘चिकित्सक र परिवारका सदस्यसँग कुरा हुन्छ । तर, अरुसँग दोहोरो कुराकानी गर्नु भएको छैन ।’

डा. देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ । त्यसका लागि भने घरमुनी अर्को हेलिप्याड बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने

     रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो...

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...