डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर, उहाँको सघन उपचार कक्षमा उपचार हुँदै



वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ ।

उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै डा.देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ ।

अस्पतालबाट जारी गरिने आधिकारिक जानकारीबाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । अस्पताल तथा देवकोटा परिवारले डा. देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

अस्पतालले आज विज्ञप्ती नै निकालेर शुक्रवार रातीदेखि अचानक उहाँको वारेमा फैलिएको अफवाहबार आश्चर्य प्रकट गरेको छ ।विज्ञप्तीका अनुसार डा. देवकोटाको बारेमा फैलिएको अफवाहले आफन्तहरु मर्माहत भएका छन् । अस्पतालका एक अधिकारीका अनुसार उहाँले आज बिहान पानी पिउनु भएको र सहज महशुष गर्नु भएको छ ।

नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसअस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जनाएको छ । डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको न्यूरो अस्पताल स्रोतले बतायो ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा। देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् । त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको छ ।

डा. देवकोटा पित्त थैलीको क्यान्सरबाट ग्रस्त छन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको छ । आफूलाई लागेको जटिल रोगको बेलायतमा उपचार गराउँदा पनि सम्भव नभएपछि डा। देवकोटा नेपाल आएका हुन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) ।

यसको उपचारका लागि उनले बेलायतमा किमो लिएका थिए । ‘डा देवकोटालाई लागेको रोगको उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने हो । त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ)ले काम गरेकै हुन् ।’

उनलाई गएको जनवरी २५ मा बेलायतमा किमोको पहिलो डोज दिइएको थियो । किमोपछि पनि डा। देवकोटामा ल्युकोपोनिया र कलेन्जाइटिसको समस्या भने थियो नै ।

डा  देवकोटाले जेनतेन तीन चरणको किमो त लिए तर ट्युमर घट्नुको साटो बढ्दै गएको देखियो । उपचारमा रहेका डा। भने डा। देवकोटामा उपचारले रेस्पोन्ड नरेको हो ।

, ‘सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो । त्यो दुःखद थियो । फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन ।

रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ । रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन् । त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन ।’ त्यसपछि उनी नेपाल आएका हुन् ।

किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्ट धेरै हुन्छ र सर्जरी पनि गर्न नमिल्ने अवस्था आउँछ । जीवनको अरु कुनै उपायहरु नदेखिएपछि डा।

देवकोटा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी नेपालमै आफ्नाहरुको साथमा बिताउँछ भनेर आएका हुन् ।डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्