डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो



हाम्रो इकोनोमि

न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । डा. देवकोटालाई शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ ।

उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाले बताए ।

डा. देवकोटाका बारेमा बाहिर आएका कुरा सबै हल्ला रहेको र उनको उपचार भइरहेको सिइओ वसन्त देवकोटाले देश सञ्चारलाई जानकारी दिएका छन् । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् । त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको छ ।

डा. देवकोटा पित्त थैलीको क्यान्सरबाट ग्रस्त छन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको छ । आफूलाई लागेको जटिल रोगको बेलायतमा उपचार गराउँदा पनि सम्भव नभएपछि डा. देवकोटा नेपाल आएका हुन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) । यसको उपचारका लागि उनले बेलायतमा किमो लिएका थिए ।

देश सञ्चारसँग डा. देवकोटाले आफ्नो अनुभाव सुनाउने क्रममा केही समयअघि भनेका थिए, ‘ मलाई लागेको रोगको उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने हो । त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम गरेकै हुन् ।’

उनलाई गएको जनवरी २५ मा बेलायतमा किमोको पहिलो डोज दिइएको थियो । किमोपछि पनि डा. देवकोटामा ल्युकोपोनिया र कलेन्जाइटिसको समस्या भने थियो नै । डा. देवकोटाले जेनतेन तीन चरणको किमो त लिए तर ट्युमर घट्नुको साटो बढ्दै गएको देखियो । उपचारमा रहेका डा. पालले डा. देवकोटामा उपचारले रेस्पोन्ड नगरेको बताए ।

उनले देश सञ्चारसँग केही समयअघि भनेका थिए, ‘सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो । त्यो दुःखद थियो । फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन । रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ । रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन् । त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन ।’ त्यसपछि उनी नेपाल आएका हुन् ।

किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्ट धेरै हुन्छ र सर्जरी पनि गर्न नमिल्ने अवस्था आउँछ । जीवनको अरु कुनै उपायहरु नदेखिएपछि डा. देवकोटा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी नेपालमै आफ्नाहरुको साथमा बिताउँछ भनेर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...