पिज्जा,बर्गर र बियर खुवाएर गोरे सहितका यी दुई सुन तस्करलाई काठमाडौँमै सामुहिक बयान लिइने यसरी हुदैछ तयारी



हाम्रो इकोनोमि

जेठ ८ गते मंगलबार काठमाडौंबाट पक्राउ परी जिल्ला अदालत मोरङको आदेशअनुसार मोरङ कारागारमा थुनामा रहेका चूडामणि उप्रेती ‘गोरे’बाट थप सूचना लिन उनलाई काठमाडौं ल्याइने भएको छ ।

साढे ३३ किलोसँग जोडिएको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरेबाट सुन तस्करीका बारेमा थप सूचना लिन काठमाडौं ल्याउन लागिएको हो । गोरेसहित थुनामा रहेका प्रहरीका निलम्बित एसएसपी श्याम खत्री र डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पनि काठमाडौं ल्याउन लागिएको छ ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले गोरेसहितका ३ जनालाई काठमाडौं झिकाउन लागेको हो ।

गोरेलाई काठमाडौं ल्याउने प्रक्रिया थाल्न कारागार व्यवस्थापन विभागलाई पत्र समेत पठाइसकिएको छानबिन समितिका एक सदस्यले बताए ।

‘ठूला माछा’को नाम खोल्लान् ?

प्रहरीले पक्राउ गरेपछि अदालतमा उपस्थित गराइएका गोरेले आफ्नो बयानका क्रममा सुन तस्करीमा आफू व्यवस्थापनको काम गर्ने व्यक्ति मात्रै भएको बताएका थिए । आफू सामान्य खालको व्यवस्थापक भएकाले तस्करीमा ठूलै व्यक्तिको संलग्नता रहेको गरेले बयानमा उल्लेख गरेका थिए ।

तर अदालतसमक्ष दिएको बयानमा गोरेले तस्करीमा संलग्न ठूला व्यक्तिको नाम भने पोलेनन् । तत्कालीन अवस्थामा फरार अभियुक्तको रूपमा रहेका प्रहरीका निलिम्बित एसएसपी श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीका सबै नेक्सस खुल्ने गोरेले बयानमा उल्लेख गरेका थिए ।

गोरे थुनामा गएपछि एसएसपी खत्रीले पनि अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् । उनी पनि हाल मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । अदालतसमक्षको बयानका क्रममा खत्रीले पनि सुन तस्करीमा संलग्न भनिएका ‘ठूला माछा’को नाम पोलेनन् । खत्रीले बयानका क्रममा तस्करी गरेको भनिएको सुन नै नभेटिएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने जिकिर प्रस्तुत गरेका थिए ।

थप सूचना मिल्ने अपेक्षा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूले गृहमन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा बुधवार पत्रकार सम्मेलन गरेर कार्यप्रगतिको विवरण सार्वजनिक गरे । सुन तस्करीको जालो तोड्न प्राप्त गरेको सफलतालाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका गृहमन्त्री बादलले केही दिनमै तस्करीमा संलग्न ‘ठूला माछा’ पनि पक्राउ पर्ने दाबी गरेका थिए ।

सुन तस्करी प्रकरणको छानबिनमा रहेको समितिसँग दैनिक सूचना लिइरहेका गृहमन्त्री बादलकै सल्लाहमा गोरेसहितका अभियुक्तलाई मोरङबाट काठमाडौं ल्याउन लागिएको हो ।

पछिल्लो पटक (मंगलवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका राम तिवारीले गोरेले गर्ने गरेको सुन तस्करीबारे केही आधारभूत सूचना दिएका छन् ।

एक्लाएक्लै बयान लिँदा खासै सूचना प्राप्त गर्न नसकेको समितिले अब गोरे, खत्री, डा. डेविट भनिने घले र तिवारीसँग सामूहिक रूपमा बयान लिने तयारी गरेको छ ।

सामूहिक बयानका क्रममा उनीहरुले एक–अर्काको पोल खोल्ने समितिको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...