स्रोत नखुलेको पैसा बरामद गर्दै सुन तस्करीका मुख्य मालिकको घरमा प्रहरीले यसरी मार्यो छापा



हाम्रो इकोनोमि

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त एमके भनिने मोहन कुमार अग्रवालको समितिमा गृह मन्त्रालयको समितिले छापा मारेको छ ।

सुन तस्करी प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वको समितिले अग्रवालको घरमा छापा मारेको हो ।

काठमाडौंको अनामनगरस्थित घरमा छापा मार्दा केही नगद फेला परेको प्रहरीले जनाएको छ । अग्रवालको घरबाट बरामद गरिएको स्राेत नखुलेकाे भनिएकाे नगदको परिमाण पनि खुलाइएको छैन ।

एमके अग्रवाल नेपालमा हुने सुन तस्करीमा लगानी गर्ने व्यक्तिका रुपमा गृह मन्त्रालयको समितिले खोजी सूचीमा राखेको छ । अग्रवालविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएसँगै उनी फरार छन् ।

गृह मन्त्रालयको छानबिन समिति स्रोतका अनुसार अग्रवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने तस्करीको सुन भारत पठाउने काम गर्ने गर्दथे ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...