स्रोत नखुलेको पैसा बरामद गर्दै सुन तस्करीका मुख्य मालिकको घरमा प्रहरीले यसरी मार्यो छापा



हाम्रो इकोनोमि

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त एमके भनिने मोहन कुमार अग्रवालको समितिमा गृह मन्त्रालयको समितिले छापा मारेको छ ।

सुन तस्करी प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वको समितिले अग्रवालको घरमा छापा मारेको हो ।

काठमाडौंको अनामनगरस्थित घरमा छापा मार्दा केही नगद फेला परेको प्रहरीले जनाएको छ । अग्रवालको घरबाट बरामद गरिएको स्राेत नखुलेकाे भनिएकाे नगदको परिमाण पनि खुलाइएको छैन ।

एमके अग्रवाल नेपालमा हुने सुन तस्करीमा लगानी गर्ने व्यक्तिका रुपमा गृह मन्त्रालयको समितिले खोजी सूचीमा राखेको छ । अग्रवालविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएसँगै उनी फरार छन् ।

गृह मन्त्रालयको छानबिन समिति स्रोतका अनुसार अग्रवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने तस्करीको सुन भारत पठाउने काम गर्ने गर्दथे ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...