सुन तस्करी पछी प्रहरीकै गाडीमा काठ तस्करी,डिआइजीको नेतृत्वमा छानबिन समिति गठन



हाम्रो इकोनोमि

प्रहरीकै गाडीमा भएको काठ तस्करीको छानबिन गर्न सशस्त्र प्रहरी बलले छानबिन समिति गठन गरेको छ। डिआइजी सुरज श्रेष्ठको नेतृत्वमा शुक्रबार छानबिन समिति गठन गरेको हो।

    सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म, चैनपुर संखुवासभाको गाडीमा अवैध रुपले काठ राखेर तस्करी लागेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाले पक्राउ गरेपछि तस्करी प्रकरण बाहिर अँएको थियो।

 डिआईजी श्रेष्ठको अध्यक्षतामा गठित छानवीन समितीमा सशस्त्र प्रहरी उपरीक्षक नेत्र कुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसीना सदस्य छन्। ‘सो गुल्मले सोही इकाईको गाडीमा अवैध रुपले काठ राखेर अन्यत्र लैजान लागेको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सो घटनालाई गम्भिर्यतापूर्वक लिँदै छानवीन समिती गठन गरिएको हो,’ सशस्त्र प्रहरीको बिज्ञप्तीमा भनिएको छ,‘  उक्त घटनामा छानविनबाट दोषी देखिएका उपर आवश्यक कडा कारवाही गरिने छ ।’

संखुवासभाको अरुण गुल्मका डिएसपी रामप्रसाद भण्डारीलाई त्यहाँबाट हटाएर यसअघि नै पूर्व क्षेत्र बाहिनीले छानबिन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने

     रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो...

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...