प्रहरीकै अगाडी बाट जेल तोडेर दुई कैदीले यसरी टाप कसे,ड्युटीमा बसेका कुन-कुन पुलिस फसे?



हाम्रो इकोनोमि

प्रहरी हिरासतबाट दुई जना अभियुक्त फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट कर्तव्य ज्यान र सावजनिक मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका दुई जना शुक्रबार विहान भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार कतव्र्य ज्यान मुद्धामा पुर्पक्षमा रहेका चंखेली गाउँपालिका–३ का लोकेन्द्र बुढा र सार्वजनिक मुद्दा अन्तर्गत थुनामा लेखे नेपाली भागेका हुन्।

बिहान तीन बजेदेखि ५ बजेको बीचमा उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठले बताए।उनका अनुसार बुढालाई सिमकोट गाउँपालिककै याङगु नजिकैबाट पक्राउ परिसकेका छन् भने नेपालीको खोजी भइरहेको छ।

नेपाली दश हजार धरौटी तिर्न नसकेर पुर्पक्ष थुनामा थिए।श्रेष्ठले उनीहरु कसरी भागे भन्ने सञ्चारकर्मीको जिज्ञासामा जानकारी दिन चाहेनन्।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...