कुलेखानी जलविद्युत् केन्द्र आयो यस्तो गम्भीर समस्या,४६ मेगावाट बिजुली उत्पादनमा कमी,अब लोडसेडिंग हुने



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ ।

‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती दुई आयोजनाले ९२ मेगावाट विद्युत् उत्पादन गर्छ ।

सो आयोजनाको युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।

कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत् गृह सञ्चालन हुन्छ ।

कुलेखानीलाई अन्य विद्युत् केन्द्रजस्तो २४ सै घण्टा चलाइँदैन । विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ ।

कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत् गृहका एउटा–एउटामात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

बर्खा लागेसँगै खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत बढी विद्युत् माग हुने समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई विद्युत्भार कटौती गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो कुलेखानी विद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका छन् ।

केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता जापानको फुजी इलेक्ट्रिक कम्पनीका प्राविधिक आगामी सोमबार  आइपुग्ने जानकारी दिए ।

जापानी प्राविधिक आएपछिमात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने प्रमुख ओझाले बताए ।

“हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ”, उनले भने, ‘मर्मत छिटो सक्ने प्रयास गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...