यो सरकार धुपौरे होइन,मुलुकको कायाकल्प गर्छ त्यसका लागी मन्त्री र सचिबले यसो-यसो गर्नु भन्दै ओलीले दिए निर्देशन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसदमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा मन्त्रालयका सचिवहरुलाई राखेर यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको कार्यतालिका, संरचनागत तयारी, कर्मचारी व्यवस्थापन, कानुन निर्माणलगायत काम गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका हुन् ।

असार २५ भित्र सबै काम गरिसक्ने गरी काम अगाडि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको खतिवडाले जानकारी दिए । प्रधानमन्त्रीले असार १५ भित्र सबै मन्त्रालयका सचिवलाई पनि आफ्नो मन्त्रालयको कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।
बजेट अहिले संसदमा छलफलको क्रममा छ भने नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

मन्त्री तथा सचिवहरुलाई नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने,’ यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनि भोलि फेरि उही रित दोहोर्‍याउने ।
प्रधानमन्त्री ओलीले देशलाई नयाँ ढंगले अघि बढाउने भन्दै वर्तमान सरकार विगतको निरन्तरता मात्रै नभएको दावी गरे ।
देशमा लोकतन्त्र आइसकेको, बजनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताउँदै उनले जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए ।

विकासप्रति नयाँ दृष्टिकोण बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेबाट कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुकेा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...