ललितपुरमा भेटियो बर्डफ्लु,एक हजार कुखुरा नष्ट, कुखुराको मासु नखान उर्दी



हाम्रो इकोनोमि

ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय ललितपुरका प्रमुख मोगल प्रसाद शाहका अनुसार वर्डफ्लू नियन्त्रणको लागि दुईवटा टोली बनाई खटाइएको छ । बर्डफ्लू नियन्त्रण कार्य जारी रहेको छ । मारिएको कुखुराको गन्ने काम जारी रहेको प्रमुख शाहले भने । प्रमुख शाहका अनुसार बडीखेलको महादेवडाडालाई बर्डफ्लू संक्रमित क्षेत्र घोषणा गरि पक्षी र पक्षीजन्य बस्तु नष्ट गर्ने कार्य जारी रहेको छ । अन्य ठाउँको पनि वर्डफ्लू संक्रमण भए नभएको अध्ययन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...