ललितपुरमा भेटियो बर्डफ्लु,एक हजार कुखुरा नष्ट, कुखुराको मासु नखान उर्दी



हाम्रो इकोनोमि

ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय ललितपुरका प्रमुख मोगल प्रसाद शाहका अनुसार वर्डफ्लू नियन्त्रणको लागि दुईवटा टोली बनाई खटाइएको छ । बर्डफ्लू नियन्त्रण कार्य जारी रहेको छ । मारिएको कुखुराको गन्ने काम जारी रहेको प्रमुख शाहले भने । प्रमुख शाहका अनुसार बडीखेलको महादेवडाडालाई बर्डफ्लू संक्रमित क्षेत्र घोषणा गरि पक्षी र पक्षीजन्य बस्तु नष्ट गर्ने कार्य जारी रहेको छ । अन्य ठाउँको पनि वर्डफ्लू संक्रमण भए नभएको अध्ययन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...