असार ३० भित्रमा महाधिवेशन नगरे राजपा खारेज गर्ने निर्वाचन आयोगको चेतावनी,राजपामा खैलाबैला



हाम्रो इकोनोमि

निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी (राजपा)लाई असार ३० सम्म महाधिवेशन गरिसक्न पत्र पठाएको छ।

आयोगले राजपाको विधानको धारा २२ (१०) मा उल्लिखित एक वर्षभित्र महाधिवेशन गरिनेछ भन्ने प्रावधानलाई उद्धृत गर्दै महाधिवेशन गर्न निर्देशन दिएको हो।

२०७४ असार ३० को निर्णयले पार्टी एकीकरण भएको र सो मितिको एक वर्षभित्र महाधिवेशन गरी आयोगलाई जानकारी गराउन आयोगले निर्देशनात्मक आदेश दिएको हो।

अघिल्लो वर्ष विभिन्न ६ पार्टी मिलेर राजपा गठन भएको थियो।असार ३० भित्रमा महाधिवेशन नगरे राजपा खारेज हुने कारबाही अगाडी बढाइने आयोग श्रोतले जनाएको छ।

आयोगको पत्रबारे पार्टीको बैठक बसेर आवश्यक निर्णय गरिने राजपाका नेताहरुले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...