असार ३० भित्रमा महाधिवेशन नगरे राजपा खारेज गर्ने निर्वाचन आयोगको चेतावनी,राजपामा खैलाबैला



हाम्रो इकोनोमि

निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी (राजपा)लाई असार ३० सम्म महाधिवेशन गरिसक्न पत्र पठाएको छ।

आयोगले राजपाको विधानको धारा २२ (१०) मा उल्लिखित एक वर्षभित्र महाधिवेशन गरिनेछ भन्ने प्रावधानलाई उद्धृत गर्दै महाधिवेशन गर्न निर्देशन दिएको हो।

२०७४ असार ३० को निर्णयले पार्टी एकीकरण भएको र सो मितिको एक वर्षभित्र महाधिवेशन गरी आयोगलाई जानकारी गराउन आयोगले निर्देशनात्मक आदेश दिएको हो।

अघिल्लो वर्ष विभिन्न ६ पार्टी मिलेर राजपा गठन भएको थियो।असार ३० भित्रमा महाधिवेशन नगरे राजपा खारेज हुने कारबाही अगाडी बढाइने आयोग श्रोतले जनाएको छ।

आयोगको पत्रबारे पार्टीको बैठक बसेर आवश्यक निर्णय गरिने राजपाका नेताहरुले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...