प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै ओली सरकार,अब ५ जना मात्र एआर्इजी रहने



हाम्रो इकोनोमि

पूर्ववर्ती सरकारले एआर्इजीको संख्या बढाएर १५ पुर्‍याएकोमा अहिलेको ओली सरकारले एआर्इजीको दरबन्दी घटाएर पाँच मात्र कायम गर्ने भएको छ । गृह मन्त्रालयको कानुन महाशाखाले तयार गरेको संघीय प्रहरीको प्रस्तावित ऐनको मस्यौदामा पाँच जना एआर्इजी हुने प्रावधान राखिएको स्रोतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको कमान्ड एआर्इजीलार्इ दिने गरी संख्या बढाएको थियो ।

हाल डीआर्इजीको दरबन्दी ४१ छ । यसअघि प्रहरीमा डीआर्इजीको दरबन्दी ३४ थियो । डीआर्इजीको दरबन्दी अझै बढ्न सक्ने स्रोतले जनाएको छ । नेपाल प्रहरीमा अहिले प्रहरी महानिरीक्षक (आर्इजीपी) एक, एआर्इजी १५, डीआर्एजी ३४, एसएसपी ७६, एसपी १५७, डीएसपी ४१८ र प्रहरी निरीक्षकको दरबन्दी एक हजार ३५४ छ ।

नयाँ बन्ने संघीय प्रहरी ऐनमा नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने प्रावधान समावेश गर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ ।र श्रोतका अनुसार ३० बर्से अबधी हट्ने निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...