कांग्रेसलाई दलाल करार गर्दै ओली र प्रचण्डले तयार पारे यस्तो दस्ताबेज,फोरम प्रति नरम अरु सबै प्रति भए गरम



हाम्रो इकोनोमि

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले प्रमुख प्रतिपक्ष कांग्रेस दलाल नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्सा भएको निष्कर्ष निकालेको छ।

पार्टीको एकीकृत धारणा बनाउन गठित कार्यदलले मस्यौदा गरेको राजनीतिक दस्तावेजमा कांग्रेसलाई उक्त संज्ञा दिइएको हो ।‘कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो,’ दस्तावेजमा उल्लेख छ, ‘यसले सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न नसकेको हो।

कांग्रेसले लोकतान्त्रिकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको दस्तावेजमा उल्लेख छ।तराईकेन्द्रित दलहरूलाई उक्त पार्टीले दुई वर्गमा विभाजन गरेको छ, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी ।

कतिपय सवालमा समान देखिए पनि यी दुईमा भिन्नता भएको प्रतिवेदनमा उल्लेख छ। ‘संघीय समाजवादी फोरम कतिपय बेला ढुलमुले देखिए पनि राष्ट्रिय एकता र स्वाधीनताको पक्षमा तुलनात्मक रूपमा सही ढंगले उभिने गरेको छ,’ फोरमप्रति सकारात्मक वाक्यांश उल्लेख छ।

फोरमले समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मक रूपमै आत्मसात गरेको उल्लेख छ। देश र जनताको हितको विषयमा उक्त पार्टीले जति हदसम्म आफूलाई प्रस्तुत गर्छ, त्यति हदसम्म सहकार्य हुन सक्छ ।

राजपालाई ढुलमुले र संकीर्णतावादी दलको संज्ञा दिएको छ । यस्तै, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा, नेत्रविक्रम चन्द समूह र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरूलाई उग्रवामपन्थी, जडसूत्रवादी, संकीर्ण र आत्मकेन्द्रित चिन्तन भएका पार्टी उल्लेख गरिएको छ।

तीन समूहमा विभाजित राप्रपालाई सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा विश्लेषण गरिएको छ। पशुपतिसमशेर राण नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) गणतन्त्र र परिवर्तनको पक्षमा देखिए पनि अरू दुई समूह राजतन्त्रको पक्षमा रहेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...