पासपोर्ट कब्जा गरेर जबर्जस्ती पैसा असुल्न पल्केका मेनपावर र झोले दलाललाई प्रहरीले यसरी खोरमा हाल्न थाल्यो



हाम्रो इकोनोमि

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको राहदानी जम्मा गरी विदेश नपठाउने अथवा फिर्ता नगर्ने म्यानपावर कम्पनी र तिनका झोले एजेन्टमाथि छापा मार्न  सुरु गरेको छ।

रोजगारीमा जान चाहने कामदारले राहदानी म्यानपावरमा बुझाएपछि म्यानपावर कम्पनीले  विदेश नपठाए पनि ६ महिनासम्म फिर्ता गर्दैनन्। जसका कारण पीडितले राहदानी लिन प्रहरी प्रशासन र वैदेशिक विभागकै सहयोग लिनुपर्ने अवस्था छ।

वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रलोभनमा पार्दै महिनौँ अगाडि राहदानी र अग्रिम शुल्क उठाएर अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्न व्यक्ति र संस्थाविरुद्ध कारवाही अभियान सञ्चालन गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ। पासपोर्ट संकलन गर्ने अखडाहरुको सूचना लिएर कारबाही गर्ने कामको सुरुवात गर्न विभागलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको हो।

बुधबार प्रहरीले नयाँ बसपार्कको एक होटलमा छापा मारेर एक जना झोले एजेन्टका साथबाट ४१ थान राहदानी बरामद गरेको थियो। राहदानी संकलन गरेर राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका सञ्चालक प्रेमबहादुर बिकलाई राहदानीसहित पक्राउ गरेको जनाइएको छ। बिकलाई प्रहरीले थप अनुसन्धानका लागि राहदानीसहित विभागमा जिम्मा लगाएको छ। प्रहरीले पछिल्लो समय राहदानीसहित ५ जनालाई पक्रिएर विभागमा बुझाएको छ।

विभागमा पनि राहदानी संकलन गरेर फिर्ता नदिएको भन्दै धेरै पीडितले उजुरी समेत गर्ने गरेका छन्।

वैदेशिक रोजगारीमा जान चाहने युवाको राहदानी संकलन गरि कामदार नपठाउने म्यानपावर र एजेन्टमाथि अनुसन्धान भइरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्ववप्रसाद रिजालले बताए। यो विषयमा विभागले चासो दिएर काम गर्ने योजना बनाइरहेको उनको भनाइ छ। राहदानी संकलन गर्ने म्यानपावर र एजेन्टका केन्द्रहरुमा विशेष अनुसन्धान र कारबाही सुरु गरिएको उनले दावी गरे।

यस्तो काममा म्यानपावर कम्पनीको पनि संलग्नता रहने गरेको पाइन्छ। म्यानपवारले एजेन्टबाट ल्याइएका राहदानी ६ महिनासम्म थन्काई दिने गरेका छन्। जसका कारण पीडित अर्को ठाँउमा राहदानी पेश गरि विदेश जानबाट वञ्चित हुने गरेका छन्। यस्तो अवैध कार्यलाई निस्तेज पार्न विभागले धेरैपटक मौखिक रुपमा सचेत गराएपनि कार्यान्वयन नहुदाँ पीडितहरुले सास्ती खेप्न बाध्य छन्।

धेरैपटक विभागले यो विषयलाई मध्येनजर गर्दै अभियानकै रुपमा चलाउने बताउँदै आएको छ, तर समस्या भने जस्ताको तस्तै रहेको पीडितको गुनासो छ।

विभागका अनुसार गाँउदेखि शहरसम्म चोक–चोकमा राहदानी जम्मा गर्ने (झोले एजेन्ट) को बिगबिगी नै रहेको छ। उपत्यका बाहिरबाट राहदानी संकलन गरेर ल्याउने अनि ६ महिनादेखि एक वर्षसम्म म्यानपावरमा थन्क्याउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...

कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...