महिला सांसदले पुरुष सांसदलाई तोरीको फूल देख्ने गरी यसरी हानिन् बाघे झाप्पू,थप्पड खाने सांसद बेहोस



नेकपा सांसद मञ्जु यादवले आफ्नै पार्टीका प्रत्यक्ष निवार्चित सांसदमाथि झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

प्रदेशसभा नेकपा संसदीय दलको कार्यालयमा भएको झापड काण्डका प्रत्यक्षदर्शीका अनुसार सांसद मञ्जुसँग पार्टीका संसदीय दलका नेता सत्यनारायण मण्डलसहितका नेतासँग विवाद भएको थियो ।

तर सबै भन्दा पछाडि कार्यालय पुगेका सांसद किशोरी महतोमाथि अचानक सांसद यादवको भनाभन हुँदा थप्पड प्रहार गरेकी थिइन् ।

यता, सांसद किशोरी महतोले महिला भएकै कारण आफूहरु तत्काल सांसद यादव उपर कुनै प्रतिक्रिया नजनाएको भन्दै आफू उपर प्रतिशोध साध्न केही व्यक्तिले सांसद मञ्जुलाई प्रयोग गरेको आरोप लगाएका छन् ।

सांसद महतोले संसदीय दलको चुनावमा हारेका कारण सत्रुधन महतो र आफूलाई हराउन चुनावमा कम्मर कसेका योग नारायण यादवको उक्साहटमा आफू उपर आक्रमण भएको दाबी गर्छन् ।

संसदीय दलका नेता मण्डल समेत घटनाका एक पात्र रहेकाले सबै कुरा पार्टीलाई थाहा भएको र अधिकांश सांसदको सामूहिक लिखित निवेदनका आधारमा सांसद मञ्जु उपर कारवाहीका लागि प्रक्रिया थालिएको छ ।

सांसद महतोले पार्टीले आफूलाई पार्टीबाटै कारवाही हुने भने पछि प्रहरी प्रशासन र कानुनी उपचारमा नगएको समेत बताए ।

यस्तै घटनाका भुक्तभोगी समेत रहेका संसदीय दलका नेता मण्डललले सांसद मञ्जुको संसद पद र संगठित सदस्य समेत नरहने गरी कारवाही हुने बताएका छन् ।

उनले पार्टीलाई कारवाहीका लागि पत्र लेखिसकिएको बताउदै सबैलाई दुर्व्यवहार गर्ने सांसद मञ्जुको पद खारेज नभए आफूहरु संसदमा नजानेसम्मको पत्र पार्टीलाई लेखेको बताएका छन् । घटना मंगलबार नै भएपनि बुधबार साँझ मात्रै सार्वजानिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय