पहिलो पटक अंगुरको बिरुवा रोपण



कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो । जिल्लाका अन्य कार्यालयमा समेत बिरुवा रोपण गरिएको छ ।

‘एक कर्मचारी, एक फलफूल बिरुवा रोपण’ अभियानलाई सार्थक पार्न अंगुरको ६७, अंजिर ३५ र कागतीको १०० वटा बिरुवा रोपण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

समुद्री सतहदेखि तीन हजार ५०० मिटर उचाइ लाङ्टाङको आसपास क्षेत्रसम्म कागती फल्ने तथा अंगुर र अंजिर उत्तरी रसुवामा पहिलोपटक रोपण गरिएको हो । कृषि कार्यालयका बागवानी अधिकृत राधेश्याम बराईले अंगुरखेती परीक्षण सफल भएमा किसानलाई अंगुरखेतीतर्फ आकर्षित गराउने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री साह

    कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आगामी

भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु धर्नामा

    दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिए किसान

    दूधको बक्यौता भुक्तानी माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरकेा छन्

अरुण तेस्रो जलविद्युतको सुरुङ मार्ग छिचोलियो

    संखुवासभामा बनिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य