ट्रक र ट्रिपर ठोक्किदा यसरी लाग्यो आगो, राजमार्गमा भयो यात्रुको भागाभाग



हाम्रो इकोनोमि

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धादिङको जुगेखोलामा ट्रक र ट्रिफर ठोकिदा आगलागी भएको छ । यात्रु ओम लामाले पोष्ट गरेको तस्विर अनुसार बिपरित दिशाबाट आएको ट्रक र ट्रिपर ठोक्किदा एक्कासी ट्रकमा आगलागी भएको हो ।

आगलागीबाट ना ५ ख ८७७० नम्बरको ट्रक जलेर ध्वस्त भएको छ । बीच सडकमा ट्रकमा आगलागी भएपनि लामो समयसम्म दमकल पुग्न नसकेको प्रत्यक्षदर्सीले बताए । यो दृष्य बाहिर आउन साथ धादिङ र चितवनबासीले राजमार्गमा तत्काल पुग्न सक्ने गरी दकमलको ब्यवस्था हुनुपर्ने सुझाव दिएका छन ।

हाम्रोे धादिङ जिल्लामा जम्मा यउटा दमकल छ तेहि पनि वजारमा आगलागि हुदा गत वर्ष दमकल आउन चालिस मिनेट लाग्यो, हाइवेमा यो समेत दुई वटा आगलागि सवारी साधनमा हालसालै भइसक्यो, घर, पसलमा पनि तेत्तिकै आगलागि भइरहेछ, सिडियो साहेवलगायत सम्पुर्ण सरोकारवाला व्यक्तिहरु, लौ न धुनिवेशि नपालगायत हाइवे फोकस गरी एउटा दमकल किन्न पहल गरनु पर्यो,’ सामाजिक सञ्जालमा टोलकुमारी पाठकले लेखेकी छन ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...