अख्तियारमा १६ हजार उजुरी, क कस्को गयो सातो, भ्रष्टाचारीलाई जेल हाल्ने यस्तो छ योजना



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएको उजुरी सबैभन्दा बढि परेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढि भ्रष्टाचार भएको उजुरी आएको खुलासा गरेका हुन् ।

सोमबार काठमाडौंस्थित आयोगको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले त्यसमध्ये अस्थायी शिक्षक नियुक्तीमा भ्रष्टाचारलगायतका अनियमितता भएको उजुरी सबैभन्दा बढि रहेको पनि स्पष्ट पारे ।

शिक्षक नियुक्ती, भवन निर्माण, छात्रावृत्ति लगायतका अनुदान सहायताको रकममा अनियमितता हुने गरेको उजुरी सबैभन्दा बढि रहेको अख्तियारको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता दुरुपयोगको उजुरी पनि उल्लेख्य रहेको अख्तियारले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत हालसम्म सबैभन्दा बढि ३ हजार ४४ वटा उजुरी परेको पनि प्रवक्ता दंगालले जानकारी दिए ।

आयोगमा हालसम्म कूल १६ हजार ८ सय ८ वटा भ्रष्टाचार सम्बन्धि उजुरी परेका छन् ।

त्यसमध्ये अघिल्लो आर्थिक वर्षको ७ हजार ७ सय १९ वटा रहेका छन भने चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मको ९ हजार ८९ वटा उजुरी परेका छन् ।

प्रवक्ता दंगालले हालसम्म भ्रष्टाचार सम्बन्धि करिव ५४ प्रतिशत उजुरी फस्र्याैट गरिएको पनि जानकारी दिए । अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि सबैलाई साथ दिन पनि आग्रह गरेको छ । प्रवक्ता दंगालले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक सूचना उपलब्ध गराउन संचारकर्मीहरुलाई पनि आग्रह गरे ।

आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश स्तरीय गोष्ठी कार्यक्रम पनि सम्पन्न गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...