इन्स्पेक्टर र डीएसपीको बढुवामा अन्याय : सोर्सफोर्स र शक्तिकेन्द्र नहुनेको बिचल्ली



नेपाल प्रहरीका अधिकृतहरुको बढुवा सिफारिस विवादमा परेको छ । २०७५ जेठ १८ गते मध्यरातमा जेठ १९ गते शनिवारको मितिमा निकालिएको डीएसपी र एसपी बढुवामा बरियता मिचिएको गुनासो छ । नेपाल प्रहरीले ५५ डीएसपी र २८ एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

 

बढुवामा बरियताका आधारमा अगाडि रहेकाहरुलाई पछि पारेर घोर अन्याय गरेको पाइएको छ । कतिपय योग्य डीएसपीहरु बढुवामै पर्न सकेनन् । आइजीपी खनालले अडान लिन नसक्दा सोर्सफोर्स नहुने, सक्षम र ब्यवसायिक प्रहरी अधिकृतहरु पनि एसपी बढुवामा छुटेको गुनासो छ ।

इन्स्पेक्टरबाट डीएसपी र डीएसपीबाट एसपीमा बढुवा गर्दा योग्यता, क्षमताको कदर नगरी गृहमन्त्री र उनका आसेपासेहरुको सिफारिसलाई आइजीपी सर्वेन्द्र खनालले समेत सहमति जनाएर सिफारिस  गरिएको छ । संगठनमा राम्रो काम गरेर पुरस्कार पाएका डीएसपीहरु श्यामकृष्ण अधिकारी, भीम दाहाल, रमेश बस्नेत, रविन्द्र रेग्मी, गोविन्द अधिकारीहरु एसपी बढुवामै परेनन् ।

श्यामकृष्ण अधिकारी रौतहटमा हु“दा राम्रो काम गरेबापत पुरस्कृत भएका थिए भने भीम दाहाल रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गरेका अधिकृत हुन् । बढुवा समितिका अध्यक्ष हरि पुडासैनीका भाइ अच्यूत पुडासैनीलाई एक नम्बरमा बढुवा सिफारिस गरिएको छ । जो खासै कमाण्ड क्षमता भएका अधिकृत मानिदैनन् ।

 

अवकाशको मुखमा डीएसपी प्रताप गुरुङलाई माथि ल्याइएको छ । प्रहरीको नेतृत्वमा पुग्न सक्ने संभावना भएका सोमेन्द्रसिंह राठौर र भूपेन्द्र खत्रीलाई पछाडि पारिएको छ । कृष्णबहादुर पल्लीमगर, सानुराम भट्टराई क्षमता नभए पनि सोर्सफोर्स र शक्तिकेन्द्र कै जोडबलमा एसपी बढुवामा अगाडि ल्याइएका छन् । इन्स्पेस्क्टरमा आफ्नो समूहमा एक नम्बर डीएसपी आभूषण तिम्सिना पनि एसपी बढुवामा २१ नम्बरमा पुगेका छन् ।

समग्रमा प्रहरी अधिकृतहरुको बढुवामा न्याय नभएको, शक्ति केन्द्रहरुको  चलखेल भएको गुनासो सुनिएको छ । बढुवा सिफारिस समितिको सचिवालयले २०७५ जेठ १९ गते शनिवार राति प्रकाशित गरेको प्रहरी नायब उपरीक्षकबाट उपरीक्षहरुको बढुवा राजनीतिक दबावमा गरेको गुनासो छ । मुख्यालयले गरेको बढुवा सिफारिसमा योग्य अधिकृतहरुले असन्तुष्टि जनाएका छन् ।

प्रहरी मुख्यालयले गरेको डीएसपीबाट एसपी बढुवामा एक नम्बरमा रहेकी गंगा पन्तलाई १५ नम्बरमा पु¥याइएको छ भने ३३ नम्बरमा रहेका डीएसपी अच्युतमप्रसाद पुडासैनीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । डीएसपी पुडासैनी बढुवा समितिका अध्यक्ष समेत रहेका गृहमन्त्रालयका सहसचिव हरि पुडासैनीका भाइ नाता रहेको बताइएको छ ।

त्यसैगरी डीएसपीमा वरियतामा ३८ नम्बरमा रहेका प्रतापकुमार गुरुङलाई दोस्रो नम्बरमा बढुवा सिफारिस गरिएको छ । बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा अधिकृत डीएसपी सानुराम भट्टराईले पनि फड्को मारेका छन् । उनी १५ नम्बरबाट एकै पटक चार नम्बरमा बढुवा सिफारिस भएका छन् ।

प्रहरीमा काम गर्ने अधिकृतका रुपमा चिनिएका सोमेन्द्रसिंह राठौरलाई समेत बढुवामा पछि पारिएको छ । डीएसपीको वरियतामा चार नम्बरमा रहेका राठौरलाई ९ नम्बरमा पु¥याइएको छ । राठौर अप्रेसनमा समेत निकै अब्बल अफिसरका रुपमा चिनिन्छन् ।

इन्सपेक्टरबाट डीएसपीमा पनि उस्तै

नेपाल प्रहरीको मुख्यालयले जेठ १९ गते शनिवार साँझ गरेको ५५ जना डीएसपीको बढुवामा समेत वरियता मिचिएको छ । इन्स्पेक्टरको वरियतामा १ नम्बरमा रहेका रेवती रमण पोखरेललाई ३५ नम्बरमा पु¥याइएको छ । तीन नम्बरमा रहेका इन्सपेक्टर रोशन खड्कालाई ५० नम्बरमा पु¥याइएको छ । खड्का अपराध महाशाखामा कार्यरत छन् ।

उनी प्रहरीमा अप्रेसनमा अब्बल अधिकृतका रुपमा चिनिन्छन् । बढुवामा अन्य धेरै अधिकृतको वरियता तलमाथि पारेर अन्याय गरिएको पाईएको छ । वरियता र कार्यदक्षताको आधारमा बढुवा हुनुपर्नेमा बढुवामा राजनीतिक दबाव र नातावाद हावी भएको भन्दै योग्य अधिकृतहरुले बढुवा सिफारिसमा असन्तुष्टि जनाएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफू  वरियताका आधारमा प्रहरी महानिरीक्षक बनेको तर, अन्य अधिकृतहरुको बढुवामा अन्याय हु“दा किन न्याय दिएनन् भन्ने प्रश्न खडा भएको छ ।

प्रहरीको बढुवा–सरुवामा योग्य अधिकृतहरुलाई पाखा लगाएर प्रहरी हेडक्वार्टरले राजनीतिक दबावमा काम गरेको गुनासो प्रहरी अधिकारीले लगाउने गरेका छन् । बढुवा र सरुवामा प्रहरी हेडक्वार्टरले काखापाखा गरेकाले सक्षम अधिकृत हतोत्साहित हुन पुगेको गुनासो रहेको छ । (२०७५ जेठ २१ गतेको साँघु साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्