गोरे संगै राखे पछी एसएसपी खत्रीले आफुलाई सार्न दिए निबेदन,जेलमै झोक्राएर चिन्ताले मर्ने चरणमा पुग्यो गोरे



हाम्रो इकोनोमि

तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका एसएसपी श्यामबहादुर खत्रीले जेल स्थानान्तरणको निवेदन दिएका छन्।

उनको निवेदन उपर सबै कारवाही पुरा भएको छ। स्रोतका अनुसार आईतबार वा ढिलोमा सोमबारसम्म एसएसपी खत्रीलाई मोरङबाट सुनसरीको झुम्का कारागारमा स्थानान्तरणको तयारी भईरहेको हो। सुन तस्करी प्रकरणका अन्य आरोपी समेत पूर्पक्षका लागि सोही कारागारमा रहेका छन्।

‘उहाँको जेल सरुवा हुदैछ, सम्भवत आईतबारसम्म उहाँको झुम्का कारागारमा सरुवा हुनेछ’ मोरङ कारागारका प्रमुख उपसचिव शंकर पौडेलले भने। उनका अनुसार सुन तस्करी र सनम हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) र खत्रीलाई एउटै कारागारमा राख्दा सुरक्षा चुनौती बढी हुने भएकाले समेत स्थानान्तरणको तयारी भईरहेको हो।

खत्री माथि, गोरे तल
कानूनी उपचारकाक्रममा पूर्पक्षका लागि थुनामा रहेका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) र एसएसपी खत्री एउटै कारागारमा छन्।

मोरङ जिल्ला अदालतमा एकअर्का विरुद्ध केन्द्रीत रहेर बयान दिएका गोरे र एसएसपी खत्रीलाई एउटै कारागारमा राख्दा दुबैको ज्यानको खतरा रहने बिश्लेषण सहित सुरक्षा प्रवन्ध मिलाईएको हो। एसएसपी खत्रीले इजलासमै आफुलाई गोरेसँगै नराख्न आग्रह समेत गरेकाले कारागार सुरक्षा गरिरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी सचेत रहेको कारागार प्रशासनले जनाएको छ।

मोरङ कारागारमा रहेका गोरे र खत्री एउटै कारागारमा रहेपनि उनीहरुको देखभेट र बोलचालमा पूर्ण बन्देज लगाईएको छ। गोरेलाई उनका आफन्त भेट्न आउँदा खत्रीलाई थुनुवा कक्षमा र खत्रीका आफन्त भेटन आउँदा गोरेलाई थुनुवा कक्षमा राखेर भेटघाटको प्रवन्ध मिलाएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख उपसचिव पौडेलका अनुसार खत्रीलाई माथिल्लो तलामा र गोरेलाई भुईतलामा राखिएको छ।

‘बोलाचाल र देखभेट नहुने गरी राख्न जेल प्रशासनलाई भनेका छौं, सुरक्षा प्रवन्ध मजबुत पारेका छौं’ मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले भने।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेलाई जेठ १३ र एसएसपी खत्रीलाई जेठ १७ मा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

जेलमा चिन्तित गोरे
सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरे जिल्ला कारागार मोरङमा चिन्तित रहेको कारागार प्रशासनले जनाएको छ।

पछिल्लो पाँच वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीका मुख्य व्यवस्थापक रहेका गोरे कारागारमा भेटघाटमा आउने आफन्तहरुसँग समेत निकै कम कुराकानी गर्ने, जेलभित्र चुपचाप रहने र सधै निराश देखिने गरेको उपसचिव पौडेलले भने।

‘हामीले भेटघाटमा आउँदा अलि चिन्तित भएको देखेका छौं, अन्य अवस्था सबै सामान्य रहेको छ’ उपसचिव पौडेलले भने। उनका अनुसार गोरेका आफन्त र कानून व्यवसायीले जेलमा उनीसँग भेटघाट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...