अब विदेशबाट फर्कदा मदिरा ल्याउन नपाइने,ल्याए ओली सरकारी यसरी बाटै बाट सिधै खोस्ने,यति ल्याउन पाइन्छ



हाम्रो इकोनोमि

विदेशबाट फर्कदा मदिरा ल्याउन नपाइने भएको छ। विगतमा १ लिटरसम्म मदिरा ल्याउन पाइने प्रावधान थियो।

सरकारले बजेटमार्फत व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मदिरा ल्याउन नपाउने नियम लागू गरेको हो। सो सुविधाले मदिरा तस्करी बढेको भन्दै यस्तो नियम लगाइएको हो।

भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाका अनुसार बजेटसँगै आएको अर्थ बिधेयकले विदेशबाट मदिरा ल्याउन निषेध गरेको हो। कसैले ल्याएमा त्यो भन्सारले जफत गर्ने उनले बताए। जेठ १५ गतेदेखि नै सो नियम लागू भइसकेको छ।

मदिरा ल्याउन निषेध गर्दा करिब एक अर्ब राजश्व बढ्ने अनुमान रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

मदिरा निषेध गरेपनि ६ केजीसम्म खानेकुरा ल्याउन पाइने प्रावधान भने यथावत् राखिएको नेपाल लाइभले उल्लेख गरेको छ।

राजश्व बढाउन सरकारल सुन आयातमा समेत कडाई गरेको छ। विगतमा ५० ग्रामसम्म सुन ल्याउन पाइनेमा अब ५० ग्रासम्मको प्रति १० ग्रामको ५ हजार २ सयका दरले र ५० देखि एक सय ग्रामसम्म प्रति १० ग्रामको ६ हजार २ सयका दरले भन्सार तिर्नुपर्ने हुन्छ।

एक सय ग्राम भन्दा धेरै सुन भने ल्याउन पाइन्न।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...