अब विदेशबाट फर्कदा मदिरा ल्याउन नपाइने,ल्याए ओली सरकारी यसरी बाटै बाट सिधै खोस्ने,यति ल्याउन पाइन्छ



विदेशबाट फर्कदा मदिरा ल्याउन नपाइने भएको छ। विगतमा १ लिटरसम्म मदिरा ल्याउन पाइने प्रावधान थियो।

सरकारले बजेटमार्फत व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मदिरा ल्याउन नपाउने नियम लागू गरेको हो। सो सुविधाले मदिरा तस्करी बढेको भन्दै यस्तो नियम लगाइएको हो।

भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाका अनुसार बजेटसँगै आएको अर्थ बिधेयकले विदेशबाट मदिरा ल्याउन निषेध गरेको हो। कसैले ल्याएमा त्यो भन्सारले जफत गर्ने उनले बताए। जेठ १५ गतेदेखि नै सो नियम लागू भइसकेको छ।

मदिरा ल्याउन निषेध गर्दा करिब एक अर्ब राजश्व बढ्ने अनुमान रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

मदिरा निषेध गरेपनि ६ केजीसम्म खानेकुरा ल्याउन पाइने प्रावधान भने यथावत् राखिएको नेपाल लाइभले उल्लेख गरेको छ।

राजश्व बढाउन सरकारल सुन आयातमा समेत कडाई गरेको छ। विगतमा ५० ग्रामसम्म सुन ल्याउन पाइनेमा अब ५० ग्रासम्मको प्रति १० ग्रामको ५ हजार २ सयका दरले र ५० देखि एक सय ग्रामसम्म प्रति १० ग्रामको ६ हजार २ सयका दरले भन्सार तिर्नुपर्ने हुन्छ।

एक सय ग्राम भन्दा धेरै सुन भने ल्याउन पाइन्न।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्