योजनाबद्ध ढंगले वकिलको सल्लाहमा सुन तस्करीका मतियार एसएसपी खत्रीले यसरी गरे आत्मसमर्पण



फागुन १९ गते मोरङको उर्लावारीमा सनम शाक्यको शव फेला परेपछि साढे ३३ किलो सुन प्रकरण चर्चामा आएको थियो । सनमका परिवारले सुन तस्करले सनमको हत्या गरेको भन्दै गोरे भनिने चूडामणि उप्रेतीलगायत विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयमा उजुरी दिए ।

सनमका परिवारले दिएको उजुरीअनुसार चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले सुन तस्करी र सनम शाक्य हत्याको छानवीन गर्न गृहमन्त्रालय सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा उच्च स्तरीय छानवीन समिति गठन गर्यो । समितिले पूर्णता पाएको दिनदेखि नै सुन तस्करी प्रकरणमा संलग्नलाई पक्राउ गर्न थाल्यो ।

यही मेसोमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले १० दिने विदा स्वीकृत गराए र एकाएक भारत हान्निए ।

भारतीय आर्मीका छोरा हुन् खत्री

प्रहरीका निलम्बित एसएसपी खत्रीको जन्मघर गुल्मी हो । उनका बुवा भारतीय सेनामा कार्यरत थिए । खत्री ८ वर्षको हुँदा नै उनका बुवाको निधन भयो । त्यसपछि खत्रीले भारत सरकारको तर्फबाट नै निःशुल्क उच्च शिक्षासम्मको अध्ययन गर्ने छात्रबृत्ति पाए ।

नेपाली समूदायको बाहूल्य रहेको भारतीय राज्य उत्तराखण्डको राजधानी देहरादूनमा पढेका खत्री प्रहरी निरीक्षक (इन्सिपेक्टर)को रुपमा नेपाल प्रहरीमा भर्ना भए ।

प्रहरी सेवा अवधिमा उनले आकर्षक मानिने भन्सार, विमानस्थल र आर्थिक रुपमा लाभ हुने क्षेत्रमा काम गर्ने मौका पाए । कालान्तरमा उनको सम्पर्क विभिन्न सुन तस्कर हुँदै चूडामणि उप्रेती ‘गोरे’सँग स्थापित हुन पुग्यो ।

प्रहरी उच्च स्रोतका अनुसार गोरेले खत्रीकै सल्लाह र निर्देशनअनुसार नेपालमा सुन भित्र्याउने गर्थे । खत्रीले भनेबमोजि सुन ल्याउँदा प्रहरीले समात्ने कुनै खतरा हुँदैन थियो, गोरेसहितका तस्करलाई ।

सुन तस्करी काण्डको पुर्पक्षका लागि हाल थुनामा रहेका गोरेले मोरङ जिल्ला अदालतमा दिएको बयानमा श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीका सबै नेक्सस खुल्ने बताएका थिए ।

गोरेले दिएको बयानअनुसार खत्रीले १ किलो सुन तस्करी गरेर ल्याउँदा ५० हजार रुपैयाँ लिन्थे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने खत्रीको छुट्टै च्यानल नै थियो । सो च्यानमार्फत गोरेको समूहले मात्रै ५०० किलोसम्म सुन तस्करी गरेर भित्र्याएको गोरेले नै बयानमा भनेका छन् । यसहिसावले खत्रीले सुन तस्करी गरेर २ करोड ५० लाख रुपैयाँ लिएको देखिन्छ ।

गोरेसँग पटक पटक झगडा

२२ पुस २०७३ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडिबाट ३३ किलो ५७७ ग्राम सुन बरामद ग¥यो । सुनसहित सिआईबीले ३ जनालाई पनि पक्राउ गरेको थियो । सो सुन तस्करीमा खत्रीको प्रत्यक्ष संलग्नता देखिएपछि सिआईबीले उनलाई ४ माघ २०७३ मा प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गर्यो ।

काठमाडौं जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गरेका खत्री त्यसपछि पनि सुन तस्करसँग निरन्तर सम्पर्कमा रहे । प्रहरी स्रोतका अनुसार सुन तस्करीका नाइके गोरे र खत्रीबीच धेरे पटक झगडा समेत भयो । सुन तस्करी पछिको लेनदेनका विषयमा खत्री र गोरेबीच धेरै पटक झगडा भएको उच्च स्रोत बताउँछ ।

देहरादूनमा ‘छुट्टि मनाएर’ अदालतमा आत्मसमर्पण

१० दिनको विदा स्वीकृत गराएर भारतको देहरादून पुगेका खत्रीले अन्ततः बिहीवार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । सुन तस्करीमा संलग्न रहेको भन्दै खत्रीविरुद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐनलगायत अन्तर्गत गत वैशाख १९ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।

खत्री निकट स्रोतका अनुसार उनी पहिले नै अदालतमा उपस्थित हुन चाहन्थे । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका ३० जनाको थुनछेक बहस चलिरहँदा नै खत्रीले अदालतमा आत्मसमर्पण गर्ने सोच बनाएका थिए । तर उनका कानून व्यवसायीले रोकेको पारिवारिक स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्