भर्जिन छ भन्दै युवती सप्लाई गरेको उजुरी पछी विभिन्न डान्स–रेष्टुरेण्टमा प्रहरीको छापा



हाम्रो इकोनोमि

राजधानीको ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल तथा डान्स रेष्टुरेण्टहरुमा नाबालिक किशोरीहरुलाई जबर्जस्ती काममा लगाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ ।

ठमेलको वेवो डान्स रेष्टुरेण्ट, गोंगवुको रिभर साईड डान्स रेष्टुरेण्ट, रक डान्सबार, सिभिला डान्स रेष्टुरेण्ट, डेविटफल डान्स रेष्टुरेण्ट, स्टेज डान्स बार, नयाँ बानेश्वरको टाईगर टप रेष्टुरेण्ट एण्ड बार र न्यु टाउन रेष्टुरेण्ट एण्ड बारमा छापा मारेर ३९ जना कम उमेरका नावालिकाहरुलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

होटल तथा डान्स रेष्टुरेण्टहरुमा कम उमेरका नाबालिक किशोरीहरुलाई जर्बजस्ती काममा लगाउने, पारिश्रमिक नदिने तथा कुटपिट गर्ने गरेको सूचनाका आधारमा छापा मारेर डान्सबार संचालनकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बुधवार राती माईती नेपाल र सिबिनसँगको समन्वयमा छापा मार्दा उद्धार गरिएका ३९ नावालीकाहरु मध्ये ७ जनालाई सिवीन नेपाल र ३२ जनालाई माईती नेपालको आश्रयमा पठाईएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले कोटेश्वरबाट दुईजना, बालाजुबाट ११ जना, गोंगवुबाट १४ जना र बानेश्वरबाट ९ जनाको बालिकाहरुको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...