बृद्धभत्ता यस कारण नबढाएको भन्दै प्रधानमन्त्री ओलीले दिए यस्तो बयान,बजेटलाई सेयर बजारको पनि लाल सलाम!



प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्धभत्ता बृद्धि नगरेको विषयमा मुख खोलेका छन् ।

संघीय संसद्को संयुक्त बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले लोकप्रियताको लागि वृद्धभत्ता वृद्धि नगरेको जबाफ दिए ।

उनले भने, ‘अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना गरेन, त्यसैले अहिले लोकप्रियताका लागि नयाँ निर्णय नगरेको हो ।’

प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताए । ‘ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ’ -उनले भने ।

कम्युनिष्टका लागि रातो रंग प्रिय मानिन्छ । शुभ मानिन्छ । त्यहि भएर होला अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरताको क्रमभंगता गर्दै मंगलबार रोतो ब्रिफकेसमा रातै रिवनले बाँधेको बजेट बोकेर संसद भवन पुगे । नेपालको इतिहासमा यसअघिका बजेट कालो ब्रिफकेसमा रातो रिवन बाँधिएको हुन्थ्यो ।

अर्थमन्त्री खतिवडाको लाल मोह उनको बजेट ब्रिफकेसबाटै बुझिन्थ्यो । त्यहि भएर होला खतिवडाको बजेटलाई सेयर बजार सूचक (नेप्से इन्डेक्स)ले लाल सलाम गरेको छ ।

केपी शर्मा ओली नेतृत्वमा बामबन्थीको सरकार गठन भएदेखि सेयर बजार सूचक लगातारजसो घटेको थियो । लगानीकर्ताहरुसँग कुरा गर्दा अर्थमन्त्रीले बजेटमा कस्तो सम्बोधन गर्छन्, हामी त्यो कुरेर बसेका छौं भन्थे ।

बजेटमा अर्थमन्त्रीले सेयर बजारलाई खासै नकरात्मकरुपमा लिएका छैनन्, जति उनले सार्वजानिक भाषणहरुमा लिन्थे ।
तैपनि सेयर बजारमा गएको पहिरो थामिएन । बजेटको भोलिपल्ट नेप्से सूचक ५ अंकले घटेको छ । फाइनान्स, माइक्रोफाइनान्स र इन्स्योरेन्सबाहेक सबै उपसूचकहरु राताम्यै भएका छन् । नेप्सेमा रातो रंगले घटेको संकेत गर्छ ।

अर्थमन्त्रीले बजेटमार्फत् १ अर्बभदा माथि लगानीका उत्पादनमूलक निजी उद्योगले अनिवार्यरुपमा साधारण सेयर (आइपिओ) जारी गर्नुपर्ने व्यवस्था गरेका छन् ।

त्यस्तै, ५० करोडभन्दा माथि लगानी भएका निजी उद्योगहरुले सर्वसाधारणलाई सेयर जारी गरे ३ वर्षसम्म १० प्रतिशत आयकर छुट दिने बजेटले घोषणा गरेको छ ।

यी दुबै व्यवस्था सेयर बजारको दीर्घकालीन विकासका लागि कोषेढुंगा बन्न सक्छन् ।

तर, बजेटमा गरिएको यी व्यवस्था कसरी र कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्नेमा लगानीकर्ताहरु शशंकित छन् ।
सकरात्मक व्यवस्था गरिएपनि कार्यान्वयनको अन्यौलताका कराण त्यसाको प्रभाव तत्कालै बजारमा नपरेको हुनुसक्छ ।

त्यस्तै, अर्थमन्त्रीले लामो समयदेखि विवादमा रहेको सेयर ब्रोकरको कमिशनमा भ्याट प्रकरणलाई पनि बजेटले सकरात्मकरुपमा सम्बोधन गरेको छ । बजेटले ब्रोकर कमिशनमा भ्याट नलिने घोषणा गरेपछि सेयर ब्रोकरहरु खुसी छन् । लामो समयदेखि भ्याटको त्रासमा रहेका लगानीकर्ताहरुलाई अर्थमन्त्रीले सकरात्मक सम्बोधन गरेका छन् । यद्यपि त्यसको प्रभाव बजारमा देखिएन ।

तर, अर्थमन्त्री खतिवडाले सेयर लगानीकर्ताहरुले सेयर बिक्री गर्दा हुने नाफामा तिर्नुपर्ने कर बढाएका छन् । यसअघि सेयर बिक्री गर्दा भएको कमाइमा ५ प्रतिशत मात्रै पुँजीगत लाभ तिर्नु पर्थ्यो । अर्थमन्त्री खतिवडाले त्यसलाई बढाएर ७ प्रतिशत पुर्याएका छन् । अर्थमन्त्रीको यो व्यवस्थाले भने लगानीकर्ताहरु हच्किए । जसकारण बजेटको भोलिपल्ट पनि सेयर बजार सूचक राताम्यै भयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्